अरुणोदय बोडिङ्गको अभिभावक अभिमुखिकरण सम्पन्न

खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा रहेको अरुणोदय बोडिङ्ग स्कुलले आफ्नो २५ औं स्थापनाको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । स्कुलले एक समारोहको आयोजना गरि विद्यार्थिका अभिभावकसंग अभिमुखिकरण सगैं विद्यार्थिहरुलाई पुरस्कार वितरण गरेको हो ।

विगत ४ बर्ष यता स्कुलले विद्यार्थिहरुलाई पुरस्कार बाढ्न अनुकुल नपर्दा यस पटक भने सबै पुरस्कारहरु वितरण गरेको हो । स्कुलका व्यवस्थापन समितिका अध्यक्ष सतिस निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले पछिल्ला दिनमा छोराछोरीको चाहना पुरा गर्न खोज्दा द्धन्द सिर्जना हुने गरेकाले यस तर्फ सचेत बन्नुपर्ने बताए ।

विद्यालयमा छोराछोरी पठाएर मात्र आफ्नो दायित्व पुरा नहुने भन्दै शाखा प्रमुख मल्लले दैनिक सुस्म रुपमा अनुगमन र समय प्रदान गर्नुपर्नेमा जोड दिए । स्कुलका सस्थापक प्रीम्सिपल ऋषीकेश जिसीले विद्यार्थिको शैक्षिक र व्यवहारिक शिक्षा दिनमा विद्यालय सचेत रहेको बताए । प्र.अ. जिसिले विद्यालयले गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी नराख्ने जनाए । उपस्थित अभिभावकहरुले अरुणोदय स्कुलले बालबालिकाको शैक्षिक अवस्था सुधार्न ठुलो मद्धत गरेको प्रतिक्रिया दिए ।

रहेक गतिविधिमा विदार्थिलाई संलग्न गराउदै आएको स्कुलले नयाँ वर्षको अवसरमा थप सेवा सुविधा समेत दिने तयारी गरेको व्यवस्थापन समितिका अध्यक्ष शतिस निरौलाले जनाए । स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थिका लागी सर्टको कपडा उपहार स्वरुप सबैलाई प्रदान गरेको थियो । कार्यक्रममा विद्यार्थिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया