खजुराका किसानलाई अनुदानमा चारा मेसिन वितरण

खजुरा : बाँकेको खजुरा गाउँपालिकाले व्यवसायिक किसानहरुलाई घाँस, पराल काट्न मिल्ने चारा मेसिन वितरण गरेको छ । गाउँपालिकाको पशुसेवा शाखाले किसानहरुलाई ७५ प्रतिशत अनुदान सहयोगमा ७९ वटा चारा मेसिन वितरण गरेको हो ।

चालु आर्थिक वर्षमा विनियोजित बजेट बाट व्यसायिक किसानहरुलाई पशुपालनमा सहजहोस भनेर चारा मेसिन अनुदानमा वितरण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभयो । खजुरा कृषिमा अत्यन्त सम्भावना बोकेको पालिका भएकाले यहाँका किसानलाई आवश्यक पर्ने कुराहरु हरेक वर्ष गाउँपालिकाले उपलव्ध गराउदै आएको अध्यक्ष कक्षपतिले जनाउनुभयो ।

वितरण कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एक माया विकले सरकार र किसान विच सहकार्य गरि काम गरे त्यसको उपलव्धी लिन सकिने उल्लेख गर्नुभयो । २५ प्रतिशत मात्र किसानको लगानी लागेको उक्त विद्युतिय चारा मेसिन पाएर किसानहरु खुसि भएका छन । पशु सेवा शाखाले विद्युतिय चारा मेसिन वितरण सगै किसानहरुलाई हिउँदे घाँसको विउ समेत निशुल्क रुपमा वितरण गरेको छ ।

शाखाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षलाई राखेर १३ सय ५० किलो घाँसको विउ किसानलाई वितरण गरेको हो । बाजरा र मकै चरीका घाँसका विउ वितरण गरिएको पशुसेवा शाखाका प्राविधिक वुद्धि बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया