नेपाली कांग्रेस बाँके सभापतिमा गौडेल निर्वाचित

नेपालगन्ज : नेपाली कांग्रेस बाँके सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन् । गौडेल ७६० मतका साथ सभापतिमा विजयी भएका हुन् । गौडेल संस्थापन इतर समूहका हुन् ।

बाँके कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनबाट गौडेल उनका प्रतिद्वन्दी बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै सभापति पदमा निर्वाचित भएका छन्।

संस्थापन इतरबाट गौडेल र संस्थापन समूहबाट कुर्मी उम्मेदवार थिए । कुर्मीले ६६३ मत पाएका छन् । आज भएको दोस्रो चरणको मतदानमा कुल १४९३ मतादातामा १४३९ जनाले मतदान गरेका थिए भने १६ मत बदर भएको थियो ।

सभापतिको हिजो भएको पहिलो चरणको मतगणनामा गौडेलले ५६९ मत ल्याएर पहिलो भएका थिए भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गरेका थिए। प्रतिस्पर्धाबाट बाहिरिएका हमालले संस्थापन इतरका गौडेललाई समर्थन गर्दै आफ्ना मतदातालाई गौडेललाई भोट दिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया