खजुराका विपन्न वर्गलाई धारा

खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ र ४ का विपन्न वर्गलाई धारा जडान गरिएको छ । खानेपानीको पहुचँ बाट टाढा रहेका आर्थिक अवस्था कमजोर रहेका केहि स्थानियहरुलाई खानेपानी धारा जडान गरिएको हो । जिम नेपालले अमेरिकामा रहेका विद्यार्थिहरुले पठाएको सहयोग रकमले विपन्न वर्गका लागी धारा जडान गरिदिएको हो ।

खजुरा गाउँपालिका वडा नम्बर ४ मा १४ र वडा नम्बर ३ मा २ वटा धारा जडान गरिदिएको वडा नम्बर चारका सचिव सुरेश खड्काले जानकारी दिए । पहिले कति दुख पाइयो । अर्काको घरमा पानि लिन जान परेको दुख अन्य भएको स्थानिय मैसरा सुनारले बताइन । घरमा धारा जडान गरिदिने सस्थालाई मैसराले धन्यबाद दिइन । वडा नम्बर ४ का सिता योगीको पिडा पनि मैसराको जस्तै थियो । पानिको लागी आफुले धेरै दुख पाएको सुनाउदै पानी आफ्नै आगनमा आउने भएपछि खुसी व्यक्त गरिन । मैसरा र सिताको घरमा जस्तै १६ जना विपन्न वर्गको घरमा नयाँ धारा जडान भएको छ ।

धारा जडान भएपछि टाढा अन्यको घरसम्म पानी लिनैको लागी जानपर्ने समस्या समाधान भएको छ । विभिन्न सामाजिक तथा शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको जिम नेपालले बाँकेको खजुरामा खानेपानी खान पनि मुस्किल परिरहेको थाहपाएपछि अमेरिकामा रहेको हवाईका कक्षा ८,९ र १० पढ्ने विद्यार्थिहरुले जम्मा गरेको पैसा बाट विपन्न वर्गका लागी धारा जडान गरिएको जिम नेपालका अध्यक्ष जोमेश तामाङले बताए ।

जडान गरिएको धाराको पुर्ण रुपमा सदुपयोग गर्न जिम नेपालका अध्यक्ष तामाङले आग्रह गरे । जडान गरिएको धाराको मंगलबार खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले उद्घाटन गरे । वडाध्यक्ष रोकाक्षेत्रीले खजुरा गाउँपालिका वडा नम्बर ४ मा अति विपन्न वर्गको संख्या धेरै भएकोले यस तर्फ स्थानिय सरकारले पहलकदमी गरिरहेको बताए । सहयोगी सस्था जिम नेपाललाई यस्तै अन्य कार्यक्रम ल्याउन समेत आग्रह गरे ।

प्रतिक्रिया