कर्मचारी माथि दुर्वहारको विरोधमा खजुरामा पेन डाउन

खजुरा : खजुरा गाउँपालिकाका कर्मचारीहरुले सोमबार अत्यावश्यक बाहेक अन्य सेवामा पेन डाउन गरेका छन । आइतबार शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्ल माथि शाखा कार्यालय अगाडि केहि व्यक्तिहरुले धरपकड तथा हातपात सगैं गालि बेजेति गरेको भन्दै पालिकाका कर्मचारीले विरोध स्वरुप पेन डाउन गरेका हुन ।

कर्मचारीहरुले खजुरा गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र समेत बुझाएका छन । कर्मचारीहरुले वडा नम्बर ७ मा रहेको सामुदायिक विद्यालय नेरामावि गोदानाको व्यवस्थापन समितिको निर्वाचन गरि सदस्य चयन भएपश्चात अध्यक्ष मनोनयनका लागी विद्यालयमा विबाद उत्पन्न भई उक्त विवादको समाधान गर्न खजुरा गाउँपालिका उपाध्यक्ष एंव न्यायिक समितिका संयोजक समक्ष उजुरी परि विवाद समाधानका लागी पहल गरिएपनि विद्यालय व्यवस्थापन समितिका सदस्य राम कुमार यादवले निर्णय गरेको माइन्यूट केरमेट गरि बाहिर जिस्केको र एक वसमा भिड ल्याएर सुनोजित ढङले शिक्षा शाखा प्रमुख माथि हातपात र दुर्ववहार गरेको कर्मचारीहरुको ठम्याई छ ।

सोहि क्रममा अस्लम भाटले भिडलाई उस्काई आफ्नो मोवाइल बाट भिडियो लाईभ प्रशारण गरि सामाजिक संजालबाट बेजेती गर्ने कार्य गरेको भन्दै कर्मचारीहरुले काम गर्ने बातावरण नभएकोले पेन डाउन गर्न परेको बताए । राम कुमार यादव र अस्लम भाटलाई कानुनी कार्वाहीको प्रक्रिया अगाडि नवढाएसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा संचालनमा नल्याइने निर्णय गरेका छन ।

यस विषयमा अस्लम भाटसंग प्रतिक्रिया लिदाँ उनले आफुलाई राजनितिक प्रतिसोध लिन आरोप लगाएको बताए । अस्लमले शिक्षा शाखा प्रमुखको मनोमानीले गर्दा उक्त घटना घट्न गएको जनाएका छन ।

प्रतिक्रिया