बरेलीका कलिला ‘राइडर’ रनबिर

खगेन्द्र दाहाल, नेपालगन्ज : झण्डै तिन सयको हारहारीमा सहभागि रहेको टुर दि ठाकुरद्धारा इभेन्टमा सबैभन्दा कम उमेरका राइडर थिए रनबिर सिंह । कक्षा १ मा पढ्ने रनबिर भारतको उत्तर प्रदेशको बरेली बाट आएका हुन । नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिर देखि सुरु भएको साइकल यात्रामा ७ वर्षिय रनबिर सिंह सगैं उनिभन्दा ७ दशक भन्दा धेरै उमेर पुगेकाहरु समेत सहभागि थिए । साइकल चलाउन उनको रुचिको विषय बनिसकेको छ । सम्पन्न टुर दि ठाकुरद्धारामा रनबिरले देखाएको साहसको सहभागिहरुले मुक्तकष्ठले प्रसन्सा गरे ।

पश्चिम नेपालको स्थापित इभेन्ट टुर दि ठाकुरद्धाराको पाँचौ सस्करणमा आइपुग्दा रनबिर सानो उमेरमा पुरा गर्ने पहिलो व्यक्ति हुन । उनि अघिल्लो वर्ष पनि यस इभेन्टमा सहभागिता जनाइसकेका छन । रनबिरका पिता असवनी कुमार सिंहले छोरालाई यस किसिमको साइकलका अभियान तथा प्रतियोगितामा उनलाई सहभागि जनाउने गरेका छन । रनबिरले हालसम्म ६० बढि साइकलका अभियान र प्रतियोगितामा भाग लिइसकेका छन । रनबिरले यस पटकको टुर दि ठाकुरद्धारा इभेन्टमा ८७.६२ किलोमिटरको दुरी ५ घण्टा २८ मिनेटमा पार गरे ।

उनले चलाएको साइकलको प्रतिघण्टा हेर्दा १६ किलोमिटर रहेको छ । २० इन्च ह्यील साइजको सिङगल गियरको साइकल रनबिरले चलाएका हुन । साढे ४ वर्षको उमेरमै रनबिरले साइकल चलाउन सुरु गरेको उनका पिता असवनी कुमार सिंहले बताए । ५ वर्ष ४ महिनाको उमेरमा ४४.१६ किलोमिटर ३ घण्टा १६ मिनेटमा पार गरेर वर्ड रेर्कड कायम गरेको उनका पिता असवनीले जनाए । कलिला उमेरका रनबिरले हालसम्म साइकल चलाएरै ६ हजार किलोमिटरको दुरी पार गरिसकेका छन । साइकल चलाएरै रनबिरले इन्टरनेशनल बुक्स अफ रिर्कडको टाइटल ‘एन्गेज वाई साइकल राईडर’ पाइसकेका छन ।

रनबिर हाल सम्म भारत र नेपालको टुर दि ठाकुरद्धारा सम्म साइकल चलाएरै चर्चामा छन । रनबिरलाई नेपालको पुर्व देखि पश्चिम सम्म साइकल यात्रा गराउने इच्छा रहेको उनका पिता असवनीले बताए । रनबिरले गरेको साहसले नयाँ साइकलेहरुलाई थप हौसला दिने गरेको नेपालगन्ज साईकिलिङ्ग कल्वका अध्यक्ष सतिश निरौलाले बताए । रनबिरलाई हरेक वर्ष टुर दि ठाकुरद्धारा कार्यक्रममा सहभागि जनाउने निम्ता पनि अहिले दिएको अध्यक्ष निरौलाले बताए ।

टुर दि ठाकुरद्धाराको साइकल अभियानमा साथमा गएका लुम्बिनी प्रदेशका साम्सद रत्न खत्रिले रनबिरको साहसलाई सबैले हौसलाका रुपमा लिनुपर्ने बताए । साम्सद खत्रिले भने– ‘म रनबिरको फ्यान भएको छु ।’ उनले रनबिरसंग तस्बिर खिचे र थारु गितमा नाचेपनि ।

प्रतिक्रिया