नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँका दरले मूल्य बृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल पनि प्रतिलिटर १३३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।