
जी. थापा, नेपालगन्ज, २४ माघ : खजुरा युनाइटेड क्लबदोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमाप्रवेश गरेको छ । मंगलबार खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमाखजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ । खजुरा युनाइटेडका लागिनिरज सुनारले १६औं मिनेट र सरोज क्षेत्रीले ३३औं मिनेटमा गोल गरेकाथिए ।
यसैगरी मंगलबार भएको अर्को खेलमा सहारा क्लब इन्डियाले दाङको एसएसएफएलाई २–० ले पराजितग¥यो । सहाराकालागि बल शाहले १६औं मिनेटमा गोल गरेकाथिएभने अर्को खेल सहाराका हरि कठायतले ५५औं मिनेटमा गरे । प्रतियोगिताअन्तर्गत बुधबार हुने क्वाटरफाइनलमामोडेल क्लब र आयोजक जय किसान स्पोर्टस क्लब(ए)बिचदिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । अर्को क्वाटरफाइनल खेलमा न्यु डाँफे र सहारा क्लब इन्डियाबिच दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुने आयोजकक्लबले बताएको छ ।
जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिकगोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।
सोमबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतनायुवाक्लवकाबीचमाहुनेछ ।