कृषि विकास बैंक लिमिटेडको ५५औँ वार्षिकोत्सवको अवसरमा प्रभात फेरि गरिएको छ । बिहीबार कृषि विकास बैंकदेखि रंगशालासम्म प्रभात फेरि गरिएको हो ।
हामीलाई दिनूहोस् साथ, बनाउँछौ तपाईंलाई समुन्नत, सबैभन्दा बढी कार्य सञ्जाल भएको बैंकलगायतका नारा लगाउँदै नेपालगन्जस्थित कृषि विकास बैंकको कार्यालयबाट वीपीचोक–त्रिभवन चोकदेखि पुराना नगर भवन हुँदै रंगशालासम्म प्रभात फेरि गरिएको थियो । उक्त बैंकको ५५औँ वार्षिकोत्सवमा राष्ट्रिय स्तरको ब्याटमेन्टिन प्रतियोगितासमेत सञ्चालन भइरहेको जिल्ला कृषि विकास बैंक नेपालगन्जका प्रशासन प्रमुख नगेन्द्र शाहले जनाए । उनका अनुसार उक्त प्रतियोगिता आजसम्म सञ्चालन हुने छ ।
कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभइ कृषिलाई पहिलो प्राथमिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडि सारेका लोक–कल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाईसमेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ व्यावसाय सञ्चालन उल्लेख्य योगदान दिइरहेको उनको भनाइ छ । कृषि विकास बैंकले स्थापनाकालदेखि हाल ५५औं वर्षसम्ममा सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेकोमा उनले खुसी व्यक्त गरे ।