संघीयताको मर्म अनुसार काम गर्छौं–मुख्यमन्त्री गिरी

दाङ, माघ २१ । लुम्बिनीप्रदेशकामुख्यमन्त्रीलिलागिरीले संघीयताको मर्म अनुसार कामगर्ने बताउनुभएको छ । लुम्बिनीप्रदेश सभाको छैठौं स्थापनादिवस समारोहलाई सम्बोधनगर्दै मुख्यमन्त्रीगिरीले भन्नुभयो, ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्नेछ ।’

संघीयताको गलतव्याख्या र प्रचार भइरहेको भन्दै मुख्यमन्त्रीगिरीले संघीयताको विकल्पखोज्नु परिवर्तन बिरोधीकार्य भएको बताउनुभयो । ‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलतप्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्रीगिरीले भन्नुभयो, ‘संघीयता बिरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हीतबिपरितको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’

संघीयताले जनतालाई अधिकार सम्पन्नबनाएको भन्दै मुख्यमन्त्रीगिरीले गाउँगाउँसम्मर घरघरसम्मविकास र समृद्धि पु¥याएको बताउनुभयो । ‘संविधानले तीनतहका सरकारको व्यवस्था गरेको छ । तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्नबनाउने काम गरेका छन्’, मुख्यमन्त्रीगिरीले भन्नुभयो, ‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवालभनेकै जनताका घरघरसम्म संघीयताले सुविधा पु¥याएको छ । जनतालाई अधिकार सम्पन्नबनाएको छ ।’

लुम्बिनीप्रदेशलाई मिनी नेपालका रुपमाविकास गर्न प्रदेश सरकार लागिपरेको भन्दै मुख्यमन्त्रीगिरीले आगामीपाँचवर्षभित्रप्रदेशबासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने बताउनुभयो । लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावनाभएको बताउँदै मुख्यमन्त्रीगिरीले भन्नुभयो, ‘हामीसँग धेरै सम्भावनाहरु छन् ।चुनौतिपनित्यत्तिकै छन् । चुनौतिका बीचबाट सम्भावनाको खोजीगर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ ।’

समृद्ध लुम्बिनीको दायित्वप्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै मुख्यमन्त्रीगिरीले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पुरा गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । पूर्वाधार र कानुनको अभावमाकार्य सञ्चालनथालेको प्रदेश सरकारले पाँचवर्षमा७२ वटा कानुननिर्माण गरेको बताउनुभयो । ‘बितेकापाँचवर्ष संविधानकार्यान्वयनकालागिउपयुक्त रहे । भौतिकपूर्वाधार र कानुनको अभावमाप्रदेश सभाले ७२ वटा कानुननिर्माण गरेको छ । ८४ वटा विधेयकबनेका छन्’, मुख्यमन्त्रीगिरीले भन्नुभयो, ‘आगामीदिनमापनि यो गतिलाई निरन्तररुपमा अगाडि बढाउनुपर्दछ ।’

प्रतिक्रिया