
राप्तीसोनारी, १९ माघ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न. १ कुसुम स्थित काली कुमालको घरमा आगलागि भएको छ । बुधबार बेलुका चार बजे कालि कुमालको घरमा आगलागि भई घरमा पुर्ण क्षति पुगेको स्थानीय सुरेश महराले जनाए ।
घरमा आगो लागि हुदा घर भित्र भएको खाद्यान्न, कपडा लगाएत सबै कुरा जलेर नष्ट भएको छ । आगलागि हुदाँ दुई लाख बढीको क्षेती भएको जनाइएको छ । आगलागी के कारणले भयो खुल्न सकेको छैन ।