एमसीसीको बिरुद्धमा नेपालगन्जमा हुने प्रदर्शनमा सहभागी हुन मोर्चा फाट अध्यक्ष थापाको आव्हान

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेको आयोजनामा हुने अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बृहत बिरोध प्रदर्शनमा सहभागी हुन नेकपा एस बाँकेका उपसचिव समेत रहेका मोर्चा फाटको अध्यक्ष किशोर थापाले आव्हान गरेका छन् ।

एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय अनुसार बाँकेमा पनि फागुन १ गते हुने प्रदर्शनमा सहभागीताको लागी आव्हान गरेका हुन् ।

बैठक पछि नेकपा एस बाँकेका उपसचिव समेत रहेका मोर्चा फाटको अध्यक्ष किशोर थापा नागरिक समाज संग कुरा गर्दै नेकपा एस यथास्थितिमा एमसिसी पास गर्न हुन्न भन्ने अडानमा थियो र छ । एमसिसिका केही शर्तहरु राष्ट्र हितमा छैनन् र देशमा एमसिसी पास गर्ने एक्सरसाइज बढ्दै गएकाले सडकमा आउनुपरेको बताएका छन् ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) मोर्चा फाटको अध्यक्ष किशोर थापाको अध्यक्षतामा बसेको बैठकले फागुन १ मा एमसीसी सम्झौताविरुद्ध बाँकेको नेपालगन्जमा व्यापक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया