खजुरा सरकार जनताप्रति उत्तरदायि छ – अध्यक्ष विक

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले विपन्न वर्गहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ । खजुरा गाउँपालिका वडा नं ४ को आयोजनामा शनिकार ५० जना स्थानिय विपन्नलाई न्यानो कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले अत्याधिक जाडोका कारण कष्टकर जीवन विताइ रहेका र एउटा कम्बल समेत खरिद गर्न नसक्ने परिवालाई सानो सहयोग मात्र गरेको बताए । सम्पुर्ण हिसावले स्थानिय तहको सरकारले आफ्नो जनतालाई परेको समस्या समाधान गर्ने जिम्मा रहेकाले सोहि अनुरुप चिसो बाट केहि राहत दिन विपन्नवर्गलाई कम्बल वितरण गरिएको अध्यक्ष विकले बताए । खजुराको स्थानिय सरकार आफ्नो जनताप्रति उत्तरदायि रहेको उनले बताए ।

हालसम्म वडा नं ८ बाहेक अन्य सम्पूर्ण वडाहरुमा वितरण कार्यक्रम सम्पन्न भइसकेको विकले जानकारी गराए । वृद्धहरुको स्वास्थ्यलाई ध्यानमा राखि खजुरा गाउँपालिकाले जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको समेत अध्यक्ष विकले बताए । खजुरा गाउँपालिकाका ८ वटै वडामा प्रति वडा ५० का दरले ४ सय बढि कम्बल वितरण गर्ने प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।

उनले खजुरा गाँउपालिकाका स्थानिय वासीको जिम्मेवारी वहन गर्न कृषि तथा पशु, सामाजिक सुरक्षा, शिक्षामा थप नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

त्यसै गरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पालिका तहबाट आफ्ना जनताकालागि गरिएको सानो प्रयासलाई आत्मसाथ गर्न अनुरोध गरिन् । कम्बल वितरण कार्यक्रमको अध्यक्षता वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया