
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागी सक्षम परियोजना शुभारम्भ गरिएको छ । विशेषगरि अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सवलिकरणको मुख्य उदेश्य राखेर उक्त परियोजना तिन वर्षका लागी सुरुवात गरिएको हो । युएसएआइडिको आर्थिक सहयोगमा सिविएमले परियोजनाको व्यवस्थापनको भुमिका निर्वाह गर्ने, डेक नेपालले परियोजना कार्यावयनको भुमिका निर्वाह गर्ने र कोशिस नेपालले परियोजनालाई प्राविधिक सहयोग गर्ने गरि सन्चालन गरिने भएको हो ।
परियोजना बाँकेमा खजुरा सगैं नेपालगन्जमा पनि सन्चालन गरिने परियोजना संयोजक गोविन्द फुलाराले जानकारी दिए । परियोजना लुम्बिनी प्रदेशको बाँके र दाङ जिल्लाका ४ वटा स्थानिय पालिकामा कोभिड १९ बाट प्रभावित भएका अपाङ्गता भएका व्यक्तिहरुको हितमा सन्चालन हुनेछ । बाँकेको ७ हजार ४ सय ६८ र दाङ जिल्लाको १२ हजार ८ सय ८१ जनालाई लक्षित गरेर परियोजना सन्चालन हुनेछ । परियोजनामा कोभिड १९ पछि अपाङ्गता भएका व्यक्तिहरुको समावेशी, दिगो र पुर्ववत जिवनको आनन्द लिने मुख्य लक्ष्य राखिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको आय क्षेत्रमा २० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको परियोजना संयोजक फुलाराले जनाए । ‘सक्षम’ परियोजना मार्फत पालिकामा स्वावलम्बन समुह गठन, बैठक, छलफल, आय आर्जनका गतिविधि, बढाउने तालिम जिविको पार्जन, निति पैरवी, व्यवसायिक सन्जाल विस्तारमा क्षमता वृद्धि, कृषि तथा गैर कृषि व्यवसायमा समावेशीता र र वृद्धि गरि स्रोत व्यवस्थापन गर्न तालिम प्रदान गरिने छ । बजार र रोजगार प्रवद्र्धन सम्बन्धि क्रियापलाप पनि परियोजना मार्फत गरिने संयोजक फुलाराले जानकारी दिए ।
परियोजना मार्फत ६५० अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीका लागी तयार पार्ने लक्ष्य रहेको डेक नेपालका सचिव गोकर्ण आचार्यले जनाए । परियोजना शुभारम्भ कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले अपाङ्गता भएका व्यक्तिहरुको जिविको पार्जन माथि उठाउन सकिने विस्वास व्यक्त गरे । परियोजना सफल बनाउन पालिकाले आफ्नो ठाउँबाट सहकार्य गर्ने उनले जनाए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, वडाध्यक्षहरु, पालिकाको सम्बन्धित शाखाका प्रमुखहरु, अपाङ्गता भएका व्यक्तिहरु, सरोकारवाला निकाय लगाएतको उपस्थिती रहेको थियो ।
