त्यो बाकस नभएको भए म साहित्यकार हुने थिइन : जोशी

नेपालगन्ज, ५ माघ : उनका बुबा वितेपछि आमाले बुवाका सबै सामान दान गरिन् । तर एउटा बाकस जतनका साथ राखिन् । उक्त बाकसमा थिए बुबाका केहि धार्मीक किताब र एउटा डायरी । उक्त डायरीमा बुवाले लेखेको कवितामा केहि आफ्ना शब्द मिसाएर स्कुलको कार्यक्रममा सुनाए । कविता सुनाएपछि उनको तारिफ गर्दै २ जनाले पुरस्कार पनि दिए । मदन पुरस्कार विजेता रामलाल जोशीले यसैबाट लेखनमा प्रेरणा मिलेको बताउदै विहिबार नेपालगन्जमा साहित्यकारहरु माझ भने –‘अहिले म जे छु त्यस बाकसका कारण छु । यदि त्यो बाकस हुन्थेन भने म साहित्यकार हुने थिइन सायद ।’

साहित्यकार जोशीले बिहीबार नेपालगन्जस्थित महेन्द्र पुस्कालयमा साहित्यकारहरुसँग साक्षात्कार गरे । उक्त अवसरमा उनले आफ्ना अनुभवहरु सुनाए । केही समयअघि प्रशाशित कृति बाआमा र आफ्ना अन्य कृतिले पाएका प्रतिक्रियाबारे पनि उनले अनभवहरु सुनाएका थिए ।

एक दर्जनबढी साहित्यकारहरु सहभागी साक्षात्कारमा उनको नयाँ कृति बाआमा हस्ताक्षर कार्यक्रम पनि सम्पन्न भएको थियो ।

प्रतिक्रिया