कृषि विकासमा समन्वयको अभाव

नेपालगन्ज : कृषि विकासमा साझेदार संघ सस्थासंग अन्तरक्रिया गोष्ठि सकिएको छ । लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयको आयोजनामा बाँकेको खजुरामा बुधबार देखि सुरु भएको गोष्ठि बिहिबार सकिएको हो ।

कृषि विकास निर्देशनालयका निमित्त निर्देशक राम प्रसाद पाण्डेको अध्यक्षतामा भएको गोष्ठिमा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाले कृषि विकासका लागि समन्वय सहकार्यमा जोड दिए । सचिव देवकोटाले मन्त्रालयले सबै किसिमका कृषि सम्बन्धित कार्यालयहरुलाई समान व्यवहार गर्ने प्रतिवद्धता जनाउँदै आफ्नो स्थान बाट सक्दो योगदान गर्न आग्रह गरे । कृषि विकासमा सबै सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहने हुदाँ गुणस्तरिय र प्रतिफल देखिने कार्य गर्न निर्देशन दिए ।

किसानलाई प्रतक्ष लाभ हुने कार्यक्रमका बारेमा आगामि योजना बनाउन सचिव देवकोटाले निर्देशन दिएका छन । काम गर्ने कार्यालय संघ, सस्थालाई मन्त्रालयले भरपुर सहयोग गर्ने पनि सचिव देवकोटाले उल्लेख गरे । गोष्ठिमा सहभागिहरुले दोश्रो दिनको कार्यपत्र पछि बोल्ने क्रममा कृषिमा भएका अनुसन्धानलाई किसानमाझ पुगाउन आवश्यक रहेको बताए । तिन तह सरकार विचको प्रविधि प्रसारको समन्वयको खाँचो रहेको गोष्ठिमा सहभागिले जोड दिएका थिए । प्रयाप्त श्रोत केन्द्रहरु नहुँनुदा कृषि विकासको लक्ष्य प्राप्तीमा समस्या आउने गरेको कार्यालय प्रमुखहरुले बताए । उत्पादन बढाउन विउको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको एक सहभागिले बताए । किसानको माटो परिक्षण गरि उपयुक्त बालि लगाउन कृषि संग सम्बन्धितले सुझाव दिन गोष्ठिले निर्देशित गरेको छ ।

गोष्ठिमा उपस्थित सरोकारवालाले बालि विमाको लागि किसानले झन्झटीलो प्रक्रिया पार गर्नुपर्ने गुनासा आउने गरेकाले यसतर्फ पनि नितिगत सुधारको खाचो औल्याए । कृषि विकासमा मन्त्रालय बाटै नितिगत सुधारको आवश्यकता देखिएको सहभागिले बताए । स्थानिय निकायमा कृषि प्रावधिकको खाँचो देखिएको छ । स्थानिय स्तरमा कृषिमा काम गर्ने जनशक्तिको निकै अभाव रहेको एक कृषि प्रावधिकले गुनासो गरे । स्थानिय तहमा कृषि अपहेलित रहेकोले यस तर्फ विशेष ध्यान दिन आवश्यक रहेको सहभागि कृषि प्रावधिकले बताए । स्थानिय स्तरमा मलको समस्या सबैभन्दा धेरै आउने गरेको छ । बाँकेको डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुखले किसानको अधिक माग मल विउको मात्र आउने गरेको बताए । मल, विउ, सिचाँई किसानको लागि अति आवश्यक छ ।

किसानले पछिल्ला दिनमा मलको चरम अभाव झेल्न परेको बाँके हिरमिनियाका जयपाल मौर्याले गुनासो गरे । गोष्ठिमा बोल्दै कृषिको योजना बनाउँदा दिर्घकालिन प्रतिफल दिने खालको बनाउनु पर्ने कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख अमरराज शर्मा घिमिरेले जनाए । तालिम केन्द्रका प्रमुख शर्माले माटो सुधारका कार्यक्रमहरु किसानमाझ आवश्यक देखिएको भन्दै मन्त्रालयको ध्यान केन्द्रित गरे ।

प्रतिक्रिया