नेपालगन्ज : कृषि विकासका साझेदार संघ सस्थासंग अन्तरक्रिया गोष्ठि बाँकेको खजुरामा सुरु भएको छ । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजनामा कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रको सभाहलमा बुधबार सुरु भएको गोष्ठिमा कृषि संगसम्बन्धित संघसस्था र कार्यालयहरुका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।
कृषि विकास निर्देशनालयका निमित्त निर्देशक राम प्रसाद पाण्डेको अध्यक्षतामा भैरहेको गोष्ठिमा कृषि विकास निर्देशनालय तथा मातहातका कार्यलयद्धारा सन्चालन हुने कार्यक्रम तथा गोष्ठिका अपेक्षाहरुका बारेमा कृषि विकास निर्देशनालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरि प्रसाद पण्डितले प्रस्तुतिकरण गरेका थिए । कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेका निर्देशक डा. समिद अहमदले कार्यालय मार्फत विकास भएका नविनतम् प्रविधि तथा संचालित क्रियाकलापका बारेमा प्रस्तुतिकरण गरेका थिए । अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानका संयोजक डा. अनिल पोखलेरले अदुवाबालि सम्बन्धि भएका अनुसन्धान, उपलव्धीका बारेमा प्रस्तुती दिएका थिए ।
गोष्ठिमा कृषि विकास बैंक प्रादेशिक कार्यालय दाङले संचालित क्रियाकलाप र सम्भावित क्षेत्रहरुका बारेमा चर्चा गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यको क्षेत्रमा भैरहेको काम, किसानको अपेक्षा, कार्यालयको लक्ष्य, चुनौती र सम्भावनाका बारेमा प्रस्तुती दिएको थियो । कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा सहभागिहरुले कृषिको विकास विना सम्वृद्धि सम्भव नभएको जोड दिएका थिए । कृषि क्षेत्रमा राज्यले लगानि बढाउन आवश्यक रहेको भन्दै सहभागिले आवश्यक सहकार्य गर्न तयार रहेको बताएका थिए । कृषि विकासका साझेदारहरुलाई सरकारले आफ्नो महत्वपुर्ण अंगको रुपमा हेर्नुपर्नेमा जोड दिएका थिए । गोष्ठिमा विभिन्न साझेदार संग सस्थाहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
कृषिमा सुधार गर्न अति आवश्यक रहेकाले नयाँ कार्ययोजनामा वृहत कुरा समेटिनुपर्नेमा सहभागिको जोड थियो । गोष्ठिमा आफ्नो प्रस्तूती दिदै कोहलपुर कृषि बजार व्यवस्थापन समितिका व्यस्थापक चित्रा पाठकले ९० प्रतिशत तरकारी भारतबाट आयात हुने गरेको बताइन । नेपालका किसानलाई व्यवसायिक नबनाएसम्म कृषि क्षेत्रको विकास सम्भव नभएको उल्लेख गरिन । तरकारी फलफुल सबैमा भन्सार नगराउदा यहाँका किसानले उत्पादन गरेको कृषि बस्तुले मुल्य नपाउने गरेको गुनासो रहेको उल्लेख गरिन । मन्त्रालयका सचिव देवकोटाले कृषि विकासको अवधारणालाई परिष्कृत गर्दै कार्य गर्दै जाने बताए ।
कृषि विकासका लागि साझेदार सस्थाहरुको योगदान महत्वपुर्ण रहेको बताउर्दै सचिव देवकोटाले व्यवसायिक कृषिमा किसानलाई अघि बढाउन कार्य गर्न सुझाव दिए । किसान व्यवसायिक बनेमा मात्र कृषि उत्पादन बढ्ने र कृषिको विकास हुने उनले बताए । किसानको समस्यालाई नजिकै बाट नियालेर कृषिसंग सम्बन्धित सस्थाहरुले कार्य गरेको खण्डमा कृषि विकासमा ठुलो फड्को मार्न सकिने जनाए । कृषि विकासको लागी मन्त्रालय सधै समन्वय सहकार्यको हात अघि बढाउन तयार रहेको सचिव देवकोटाले बताए ।