नेपालगञ्जको कारकादौंमा थप सडकको शिलान्यास

नेपालगञ्ज, १९ फागुन । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ कारकादौंमा बिहिबार थप एउटा सडक निर्माणका लागि शिलान्यास भएको छ ।

वडा अध्यक्ष दीपक बर्माले भाट्भटेनी देखि पश्चिममा रहेको श्रीनगर टोलमा वडाको बजेट ३१ लाख ५ हजारको लागतमा २१३ मीटर कालो पत्रे सडक निर्माणका लागि टोलबासीको बृहत उपस्थितिमा आज शिलान्यास गर्नु भयो । सो अवसरमा उक्त टोलमा थप सडकका लागि पनि पहल भइ रहेको वडा अध्यक्ष बर्माले बताउनु भयो ।

वडा नं १८ कारकादौमा लगातार सडक निर्माणले प्राथमिकता पाएको छ । यही आर्थिक बर्षमा ३ वटा पीच र ९ वटा पी सी सी सडक निर्माण सम्पन्न भइ सकेका छन भने २ वटा पीच र ३ वटा पिसिसी सडक निर्माण जारी छन । बाँकी सडक निर्माणको शुरूवात केही दिन मै शुरु हुने वडा अध्यक्ष बर्माले बताउनु भयो ।

प्रतिक्रिया