२२ लाख ९४ हजार मुनाफामा खजुरा सहकारी

खजुरा : सहकारी सस्था लिमिटेड खजुरा बाँकेले आफ्नो २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बाँकेमा एक सफल सहकारीको रुपमा आफ्नो पहिचान बनाएको खजुराको सहकारी सस्थाले एक समारोहका विच आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सस्थाका अध्यक्ष निर्मल खनालको अध्यक्षतामा भएको साधारण सभामा हालसम्म सहकारीले गरेको क्रियापलाप, प्रगतीका बारेमा चर्चा गरिएको थियो । एकका लागी सबै र सबैका लागि एक भन्ने सहकारीको मुल भावनालाई आत्मसाथ गर्दै आफ्ना सदस्य तथा समुदायको विस्वास जित्न सफल बनेको अध्यक्ष खनालले बताए । अध्यक्ष खनालले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीले रसायनिक मल खाद्य खरिद विक्रि, बीउविजन खरिद विक्रि, धानको विउ उत्पादन, दैनिक उपभोग्य बस्तुको खरिद विक्रि, बचत तथा ऋणको कारोबार गर्दै आएकोमा गत आर्थिक वर्ष २०७८÷०७९ सालमा ६ करोड ४० लाख ८७ हजार २ सय ३५ को कारोबार गरि शुद्ध मुनाफा २२ लाख ९४ हजार ९ सय २६ गर्न सफल भएको उल्लेख गरिएको छ ।

आगामि आर्थिक वर्ष २०८०÷०८१ म ७ करोड ९३ लाख २७ हजार ५ सय ७० बराबरको कारोबार गरि २३ लाख ७५ हजार ५ सय ७७ नाफा आर्जन गर्ने लक्ष्य सहितको कार्यक्रम साधारण सभामा अध्यक्ष खनालले प्रस्तुत गरेका थिए । बाँके जिल्लामै पुरानो सहकारीका रुपमा रहेको सहकारी संस्थाका भौतिक सम्पतिहरुमा आफ्नै कार्यालय तथा गोदाम भवन, १ टन क्षमताको धान प्रशोधन मिल, विउ ग्रेडिङ मेसिन, जग्गाहरु बागेश्वरीमा ३१९५ बर्ग मि., सप्तरी जिल्लामा ९ कठ्ठा १६ धुर, महोत्तरी जिल्लामा १ कठ्ठा १८ धुर जग्गा आदि सम्पतिका रुपमा रहेको अध्यक्ष खनालले साभारण सभामा जानकारी गराए । सहकारीमा ५९९ सदस्य रहेका छन । जसमा ४०५ पुरुष र १९४ महिला छन ।

सहकारीको कुल शेयर पुजि ३० लाख ६३ हजार १ सय रहेको सहकारीका व्यवस्थापक राम प्रसाद शर्माले जानकारी दिए । संस्थाले सिप विकास तथा आयमुलक तालिम सन्चालन गर्ने, आर्थिक अवस्थाको सुधार सगैं वृद्ध सदस्यको सुविधा बृद्धि गर्दै जाने कृषि उत्पादनको बजारीकरण गर्ने, रसायनिक मल खाद्य, उन्नत बीउ बिजन उपभोग्य बस्तुको कारोबार विस्तार गर्ने आगामि लक्ष्य लिएको सहकारीका व्यवस्थापक शर्माले जनाए ।

सभामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारी, वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्री, वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेष, कार्यपालिका सदस्यहरु, सहकारीमा पुर्व अध्यक्षहरु, सन्चालक समितिका पदाधिकारी, सेयर सदस्य लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया