माछा सम्बन्धि चिन्तन गर्न खजुरामा गोष्ठि सुरु

खजुरा : जलचर अनुसन्धान कार्यसमूह सम्बन्धि २ दिने कार्यशाला गोष्ठि बाँकेको खजुरामा सुरु भएको छ । राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावरी तलितपुरको आयोजनामा खजुराको कृषि अनुसन्धान निर्देशनालयमा गोष्ठिको आयोजना गरिएको छ । गोष्ठिमा माछामा भैरहेका अनुसन्धान, सम्भावना, चुनौती, प्रगति र समस्यामाथि छलफल भैरहेको छ ।

राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावरी तलितपुरका प्रमुख आशा रायमाझीको अध्यक्षतामा भएको गोष्ठिमा माछा सम्बन्धित कार्यालय, अनुसन्धान निर्देशनालय, किसान लगाएतको उपस्थिती रहेको छ । माछा नेपालमा एक प्रचुर सम्भावना बोकेको व्यवसाय भएकाले यसको विस्तारमा ध्यान दिन जरुरी रहेको सहभागिहरुले जोड दिएका थिए । माछाको विभिन्न जातहरुको माग अधिक रहेको तर सोहि अनुरुप उत्पादन गर्न नसक्दा यसको प्रतिफल बढ्न नसकेको एक सहभागिले बताए ।

माछाको अनुसन्धानका लागि किसानको माग धेरै हुदाँ पनि यसको व्यवस्थापन गर्न कठिनाई भएको माछामा अनुसन्धान गर्नेहरुले जनाए । प्रशासन गैर जिम्मेवार हुदाँ खुला सिमा बाट दैनिक लाखौ रुपैया मुल्य बराबरका माछा भित्रिरहेको माछापालन गर्ने किसान झविन्द्र जिसिले गुनासो गरे । फर्मालिन प्रयोग गरिएका भारतिय माछा नेपाली उपभोक्ताले खान परिरहेकाले यसबारेमा प्रशासनले ध्यान पुगाउन जरुरी रहेको किसान जिसिले बताए । नेपाली किसानले उत्पादन गरेको माछाले मुल्य नपाउदाँ व्यवसायि धरापमा पर्दै गरेको जानकारी दिए । माछापालक किसानलाई सरकारले विद्युतमा छुट दिएर व्यवसायिक बनाउन सहगोग गर्नपर्नेमा उनको जोड थियो । भएका पुराना तलाउहरुलाई मर्मत गरि माछा पालनको अवस्था सिर्जना गर्नेगरि कार्ययोजना बनाइनुपर्ने बताए । उनले कार्यक्रममा प्राकृतिक जलाचरलाई संम्रक्षण गरेर माछाको संख्या बढाउन पनि जोड दिए ।

राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावरी तलितपुरका प्रमुख आशा रायमाझीले नेपालमा माग भएअनुसार पुरा गर्न नसकिएको जनाइन । माछाको माग पुरा गर्न थप नयाँ योजनाहरु बनाइएको र उक्त योजनामा काम गर्न बाँकी रहेको रायमाझिले बताइन । माछामा भैरहेको अनुसन्धान प्रयास्त नरहेको भन्दै थप अनुसन्धान गर्न आवश्यक रहेको जनाइन । ‘माछामा नयाँ नयाँ समस्या आइरहेका हुन्छन सोहि अनुसार हामि अनुसन्धानलाई अघि बढाउने गरेका छौं – रायमाझिले भनिन् ।’

केन्द्रिय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका बरिष्ठ मत्स्य विकास अधिकृत डा. ज्ञान बहादुर जिरेलले अहिले मंगुर माछालाई नेपालमा प्रतिवन्धित भन्ने गरेपनि प्रतिवन्धित नगरिएको बताए । उनले मंगुर माछालाई प्रोत्साहन मात्र नगरेको जनाए । माछामा फर्मालिन हालेर भारतबाट भित्राउने गरिएको सुनिएपनि हालसम्म ल्यावमा परिक्षण गर्दा फर्मालिन नभेटिएको डा. जिरेलले जनाए ।

गोष्ठिमा कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा.समिद अहमद, कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका संयोजक डा. राजेन्द्र दराई, मत्स्य विज्ञ प्रा.डा. माधव कुमार श्रेष्ठ, बरिष्ठ बैज्ञानिक सुरेश कुमार वाग्ले, केन्द्रिय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका बरिष्ठ मत्स्य विकास अधिकृत डा. ज्ञान बहादुर जिरेल, मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा. एक्बाल सुसेन, नेपाल कृषि अनुसन्धान परिषद योजना तथा समन्वयका कृषि बैज्ञानिक योगेन्द्र आचार्य, माछा सम्बन्धिका अनुसन्धान र कार्यालयका प्रतिनिधिहरु, किसान लगाएतको उपस्थिती रहेको थियो । आइतबार सुरु भएको गोष्ठि सोमबार सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया