उपासना सिंह ठकुरीले पारिश्रमिक बढाईन्

काठमाडौं : वर्ष २०७९ मा अभिनेत्री उपासना सिंह ठकुरीका दुई फिल्म बक्स अफिसमा हिट भए । ‘कबड्डी ४’ले सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रच्यो भने ‘दुई नम्बरी’ पनि सुपरहिट बन्यो ।

दुई फिल्म हिट भएपछि उपासनाले पारिश्रमिकमा वृद्धि गरेकी छन् । उनले पारिश्रमिक बढाउने निर्णय गरेपछि ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा महिला प्रमुख पात्रको कास्टिङमा ढिलाइ भएको छ ।

‘दुई नम्बरी’मा ६ लाख रुपैयाँमा काम गरेकी उपासनाले पारिश्रमिक बढाएर १० लाख हाराहारीमा मागेपछि निर्माता नेपालीले साइन गर्न सकेका छैनन् । यद्यपि उपासनालाई नै नायिकाको रुपमा लिने उनले बताए ।

‘उहाँले पहिलेको भन्दा केही बढाएर पारिश्रमिक दिनुस् भनेपछि कास्टिङको काममा केही ढिलाइ मात्र भएको हो । रोकिएको होइन । यो कुरा मिलाएर चाँडै नायिका तय गर्छौं,’ निर्माता नेपालीले अनलाइनखबरसँग भने । एक्सन–थ्रिलर फिल्म हात्तीछापमा निर्माता नेपाली अघिल्लो प्रोजेक्ट दुई नम्बरीकै कलाकारलाई दोहोर्‍याउन चाहन्छन् ।

प्रतिक्रिया