
नेपालगन्ज : बाँकेको खजुरामा तेस्रो कोसेबाली कार्य समुह बैठक बसेको छ । कोसेबाली अनुसन्धान कार्यक्रम खजुराको आयोजनामा दुई दिने बैठक सोमबारदेखि सुरु भएको हो । कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. राजेन्द्र दराईको अध्यक्षतामा सुरु भएको बैठकमा हालसम्म भएका कार्य प्रगती र आगामि आर्थिक वर्षका लागि परियोजना छनोटको प्रारम्भीक कार्यका विषयमा छलफल भैरहेको छ ।
नेपालका सातवटै प्रदेशमा कोसेबाली सम्बन्धि के कस्तो अनुसन्धान गर्ने भनेर सुझाव समेत लिइने कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. दराईले जानकारी दिए । बैठकको पहिलो दिन संयोजक दराईले कोसेबालीको अवस्था, समस्या र चुनौतिका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुतीका क्रममा संयोजक दराईले कोसेबालीको असंख्यक फाइदा रहेको बताए । कोसेबालीलाई माटोको उर्वरा शक्तिलाई वृद्धि गर्न, प्रोटिन र खनिज पदार्थको घरका रुपमा लिइने जनाए । पानि कम भएपनि उत्पादन राम्रै हुने कोसेबाली नेपालमा खेतियोग्य जमिनको १० प्रतिशत क्षेत्रफलमा हुदै आएको जानकारी दिए । पछिल्ला दिनमा कृषिलाई पनि स्वास्थ्य संग जोड्ने गरि कार्य भैरहेको संयोजक दराईले बताए ।
नेपालमा कोसेबालीको सम्भावना राम्रो देखिएकाले यसको क्षेत्रफल बढाउन आवश्यक रहेको बताउँदै उनले राज्ले पनि कोसेबालिमा लगानि बढाउन जरुरी देखिएको जनाए । कोसेबालिको सम्भावना हुदाँ हुदै पनि खुला सिमाका कारण किसानहरुले उत्पादनको मुल्य राम्रो नपाउने समस्या रहेकोले यसप्रति विशेष ध्यान दिन पर्नेमा जोड दिए । किसानहरुलाई कोसेबालीमा प्रोत्साहन दिन सरकारले थप कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताए ।
गुणस्तरिय विउको विकास गर्न नसक्नुले पनि उत्पादनमा सोचे अनुरुप प्रगति हुन नसकेको बैठकमा सहभागिहरुले बताए । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम रुपन्देहिका बालिरोग बैज्ञानिक लक्ष्मण अर्यालले कोसेबालीमा आइपर्ने रोगकिराको समस्या, समाधान र चुनौतीका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कोसेबालिको अनुसन्धानमा किसान र अनुसन्धान कार्यालय विच समन्वयको अभावले सोचेअनुरुप प्रगति हुन नसकेको बताए ।
बैठकमा प्राविधिक सत्रमा विभिन्न कार्यालयहरुले कोसेबालिको सम्बन्धमा कार्य प्रगती, सम्भावना, अनुसन्धानको विषय र समसयाका बारेमा प्रस्तुती दिनेछन । बैठकको उद्घाटन कृषि अनुसन्धान निर्देशनालय सुर्खेतका निर्देशक अमर पुनले गमलामा पानि हालेर गरेका थिए । बैठकमा विभिन्न कृषि अनुसन्धानका कार्यालयहरु, कृषि सम्बन्धि कार्यलयहरुका प्रमुख तथा प्रतिनिधि, वीउ विजन सम्बन्धी कम्पनी, किसान लगाएतको उपस्थिती रहेको कोसेबाली अनुसन्धान कार्यक्रमका बैज्ञानिक पदम पौडेलले जानकारी दिए ।
