खजुरा : राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा कुखुरा विकास फार्म खजुराले गर्भवती सुत्केरी तथा विरामिहरुलाई अण्डा वितरण गरेको छ । दिवसको अवसरमा बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेका विरामि र गर्भवति तथा सुत्केरी महिलाहरुलाई अण्डा वितरण सहित अन्तरक्रिया समेत गरेको हो ।
पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षिय सहभागिता, स्वास्थ्य र पोषण सुधार, हाम्रो प्रतिवद्धता भन्ने नारा सहित मनाइएको दिवसमा बोल्ने अधिकास बक्ताहरुले ग्रामिण किसानको आर्थिक वृद्धिका साथै पोषणमा पोल्ट्री क्षेत्रको भुमिका महत्वपुर्ण रहेको बताएका थिए । कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा. शकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले कुखुरा पालन गर्दा आउने समस्याका बारेमा आफुहरु चिन्तित रहेको उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी खत्रीले खुला सिमाका कारण लुकाई छिपाई कुखुरा भित्रदा किसानलाई मर्का परेकोको विषयमा शुरक्षा सन्यन्त्रलाई चुस्त अनुगमन गर्न निर्देशन दिइएको बताए । कार्यक्रममा कुखुरालाई एक महत्वपुर्ण मासुको परिकारको रुपमा लिइने र सेवन गरिने बताउँदै शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले किसानको पैसा झन भन्दा झन धरापमा रहेको बताए । अध्यक्ष मल्लले राज्यले किसान प्रति उत्तरदायिभुमिका निभाउन नसक्दा नेपालका किसानले उत्पादन गरेका कुखुराले मुल्य बनाएको उल्लेख गरे ।
कुखुरा व्यवसायिक मन्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलले विगत तिन वर्षयता कुखुरा व्यवसायि किसानहरु घाटामा रहेर कारोबार गरिरहेको दुखेसो पोखे । खजुराका कुखुरा व्यवसायि योगेश रावलले नेपालमा कुखुरा पालन गर्दा लागत धेरै लाग्ने र भने जस्तो मुल्य नपाउने समस्याका कारण पलायनको अवस्था आएको बताए । कुखुरा व्यवसायि रावलले कुखुरामा एक वर्ष यता दोव्बर लागत लागेको बताउँदै भारतबाट पैठारी गरि भित्राउने कार्यले किसानहरुले यसमा प्रतिष्पर्दा गर्न परेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठोर, शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका कार्यकारी निर्देशक डा. निरज भट्राई, एग्रोभेट व्यवसायि, किसान लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यपत्र भने पशु क्वारेन्टाइन कार्यालय नेपालगवन्जका प्रमुख डा.विनयकुमार कर्णले प्रस्तुत गरेका थिए ।