नेपालगन्ज : नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा राष्ट्रिय पोसाक तथा ढाकाटोपी दिवस मनाइएको छ । नेपालगन्ज उपमहानगर पालिका गेट बाट साइकल यात्रा शुरु गरि बिपि चौक, धम्बोजी चोक, सेतु बिक चौक, न्युरोड , त्रीवेणी मोड, त्रिभुवन चौक, चारबाहिनी, गणेशमान चौक हुँदै उपमहानगर गेट सम्म साइकल यात्रा गर्दै शहरको परिकर्मा गरि दिवस मनाइएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
नेपालगन्ज मेडिकल कलेजका एमडी डाक्टर शुरेस कुमार कनोडियाको प्रमुख आथिथ्यतामा सम्पन्न साइकल यात्रामा सहभागी सबै साइकलेहरुले ढाका टोपी लाएर साइक्लिङ गर्दै शहर परिक्रमा गरेका थिए । प्रमुख अतिथि डाक्टर कनोडियाले क्लबले गर्नेगरेका नियमित गतिविधि र बिशेष कार्यक्रमहरुको आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिदै साइक्लिङ मानव स्वास्थ्यका लागी अनित नै महत्त्वपूर्ण रहेको बताएका थिए ।
कार्यक्रममा सहभागी सबैलाई नेपालगन्ज घरबारीटोलमा रहेको पाल्पाली ढाकाटोपी पसलको तर्फबाट एक– एक थान ढाकाटोपी उपहार प्रदान गरिएको क्लबका सचीव प्रदीप सापकोटाले बताए । पाल्पाली ढाकाटोपी पसलका संचालक बिष्णु कडेलले नेपाल र नेपालीको पहिचानको रूपमा रहेको ढाकाटोपीलाई प्रर्बधन गर्न क्लबले आयोजना गरेको ढाकाटोपी दिवसको साइकल यात्राले महत्त्वपूर्ण भुमिका खेलेको मा खुशी व्यक्त गरे ।
कार्यक्रममा सहभागी सामाजिक अभियन्ता तथा पर्यटन मंच बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नियमित साइक्लिङ सङ्गै क्लबले विभिन्न अवसरमा आयोजना गरेका कार्यक्रम र ढाकाटोपीको महत्वलाई उजागर गर्न आयोजना कार्यक्रम गरेकोमा धन्यवाद दिए । पुर्व वडा अध्यक्ष सुनिल सिह हमालले पनि ढाकाटोपी दिवस मनाएकोमा खुशी व्यक्त गरे । क्लबका सल्लाहकार गगन थापाले क्लबले गर्ने यस्ता नियमित गतिविधिले साइकल प्रति आकर्षण बढाउने भन्दै आजको बिशेष दिन अझै यसको रौनकता बढेको बताए ।
क्लबका सल्लाहकार रमेशकुमार मल्लले राष्ट्रिय पोशाक र पहिरहको महत्व दर्शाउदै गरेको ढाकाटोपी दिवस साइकल यात्राले साइकल सस्कृतीलाई टेवाका साथै ढाकाटोपीको प्रर्वधनमा महत्वपूर्ण भुमिका खेलेकोमा खुशी व्यक्त गरे । क्लबका अध्यक्ष सतिश निरौलाले सहभागी र सहयोगी सबैलाई धन्यवाद दिदै नियमित साइक्लिङ गर्न आव्हान गर्नुभयो ।