माघ १० गते देखि नेपालगन्जमा प्रदेश स्तरिय महोत्सव

नेपालगन्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा.लि. बाँकेको संयुक्त आयोजनामा नेपालगन्जमा प्रदेश स्तरिय नेपालगन्ज व्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

“समृद नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन तथा रोजगारको पुर्वाधार” भन्ने मुल नाराका साथ महोत्स माघ १० गते देखि २४ गतेसम्म चल्ने आयोजकले नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरेर जनाएको छ । विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छ । महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैया टिकट दर राखिएको छ । महोत्सवमा ३०० स्टल रहने छ । जसभित्र थारु होमस्टे थारु गाउँ पनि रहने आयोजकले जनाएको छ ।

साथै महोत्सवभित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने छ । खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने र १४ दिने महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया