नेपाल बैंक लिमिटेड द्वारा वित्तीय साक्षारता कार्यक्रम सम्पन्न

संजय आचार्य,
पौष,१५ बर्दिया । नेपाल बैंक लिमिटेडले बार्दियाको गुलरीयामा एक दिने वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले १५ गते शुक्रबार स्थानीयहरुमा वित्तिय साक्षरता कार्यक्रम गरेको हो । गुलरीया नगरपालीका वडा नं. ५ बालमन्दिर स्कुलमा नेपाल बैंक लिमिटेडले सहकारी संग समन्वय गरी स्थानियहरुलाइ बैंकिगं शिक्षा बारे जानकारी गराइएको हो ।

नेपाल बैक लिमिटेडले गरेको उक्त कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैकमा खाता कसरी संचालन गर्ने बचत किन जरुरी छ, कसरी बचत गर्ने ,बचत गर्ने बानी बसाल्ने , सुन कर्जा , आफनो खाताको बारेमा आफै कसरी जानकार बन्ने जस्ता बिबिध बिषयमा नेपल बैक लिमिटेडका खजान्ची दिनेश रेग्मीले जानकारी गराउनु भएको थियो ।

बिश्वमा बढदो डिजीटलको प्रयोग त्यस बाट हुने फइदा वा बेफाइदा को बारेमा जानकारी गराउदैं नेपालमा पनी बैकिगं प्रणली बाट कसरी सेवालिन सकिन्छ यस बारे नेपाल बैक लिमिटेडका सहायक शाखा प्रबन्धक सुनिल कुमार चुदाराले जानकारी गराउनु भयो । सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान लगायत अन्य कर्जाका बिषयमा चुदाराले प्रकास पार्नु भयो ।
नेपाल बैंक लिमिटेडको यस कार्यक्रममा समाजका अग्रजहरु, बैकका कर्मचारी, पत्रकार लगायता महिलाहरु गरी करिब १०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो ।बैंकले छोटो समयमा आयोजना गरेको सो कार्यक्रममा अपेक्षा भन्दा बढी सहभागीता भएको नेपाल बैक लिमिटेडका शाखा प्रबन्धक कुश अधिकारीले बताउनु भयो । आगामी दिनमा पनी आफनो संस्थाले वित्तीय साक्षारता कार्यक्रमहरु गरीने अधिकारीले बताउनु भयो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले यस्ता शिक्षाका कार्यएक्रम अझै हुनुपर्ने कुरामा जोड दिएका छन ।महिलाहरुको बिशेष सहभागिता रहेको उक्त कार्यक्रममा आफुहरले थाहा नपाएको कुराहरु सिक्न पाएकोमा आफुहरु धेर्रै खुसी भएकोे सहभागी झगीथापाले बताउनु भयो ।

प्रतिक्रिया