
संजय आचार्य
बर्दिया,पौष १२ ।
बार्दिया जिल्ला मानव बेचविखनको उच्च जोखिममा रहेको छ । खुला सिमाका कारण पनि बर्दिया उच्च जोखिममा रहेको सरोकारवालाहरुले जोड दिए ।
मानव बेचबिखन तथा ओसारपसार बिरुद्द सरोकारवालाहरु संगको भएको एक दिने अन्तरक्रिया कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार बारे मंगलवार जिल्लाका सरोकारवाला हरुलाई जानकारी गराइएको छ । माइती नेपालले गरेको भएको उक्त कार्यक्रममा जिल्लाका सकृय पत्रकार लगाायत बिभीन्न संघ संस्थाहरुलाइ संस्थाले गरेको कामहरुको. बारेमा जानकारी गराइएको हो ।
अन्तरक्रिया कार्यक्रममा मइती नेपालले बर्षभरी गरेको काम र यसले गर्ने कार्यहरुको बारेमा जानकारी गराइएको थियो । बर्दिया जिल्लामा यसले कतीको प्रभाव पार्न सकेको बिषयमा छलफल भएको थियो । २०७३ साल देखी कार्यालय स्थापना गरी बर्दियामा काम गर्दै आइरहेको माईती नेपालले मानव बेचबिखन तथा ओसारपसार बिरुद्दकार्य गरी रहेको छ ।
कार्यालय स्थापना भएदेखी १३६५ जनाको उद्दार गरेको छ ।सन २०१८ देखी २०२२ सम्म ५ बर्षको तथ्याकलाइ हेर्नै हो भने माइतीनेपालले जिल्लाको भिन्न सिमानाकाहरुबाट ११७५ जनाको उद्दार गरेको छ । सन २०२२ मा मात्र कुल ४ सय ४३ को उद्धार गरिएको माइती नेपाल बर्दियाकी कार्यालय प्रमुख गायत्री रीमालले बताउनु भएको छ । जसमा १८ बर्षमुनीका २७३ जना र १८ बर्ष भन्दा माथीका १७० जना रहेको रीमालले बताउनु भयो ।
माइती नेपालले गरेको भएको उक्त कार्यक्रममा बोल्दै मानब ओसार पसार तथा बेचबिखनमा अबैध बाटो प्रयोग हुने इmुक्काएर लगने र नेपालमै बेचीएका घटना भएको बताउदै यो समाजमा सु सुसुप्त ढगंले फलीएको गएको र यसलाइ कसरी रोक्न सकिन्छ भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालले आफनो धरणा प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा जिल्लाका बिभिन्न सघ संस्थाले समेत मानव बेचबिखन तथा ओसारपसार बिरुद्द भारत संग समिा जोडीएका काम गरीरहेको बताउदै माइती नेपालले सिमावर्ती क्षेत्रमा राम्रो काम गरीरहेको र प्रहरीले उच्च निगरानि बढाइ भारत तर्फ जाने महिला तथा बालिकाहरु लाई सोधपुछ गरेर आवश्यक छलफल पछि सहयोग गर्ने गरेको समाजसेवी इन्दिरा सुबेदीले बताउनु भयो ।