
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जनालाई पक्राउ गरिएको छ।
सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनको लगेजमा १९ किलो सुन भेटिएपछि नियन्त्रणमा लिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत यमराज पाण्डेले हिमालखबरलाई बताए। उनी प्mलाई दुबईबाट शुक्रबार दिउसो सवा २ बजे काठमाडौंमा अवतरण भएका थिए। उनी भिजिट भिसामा नेपाल आएका हुन्।
बरामद गरिएको सुन कहाँ लैजानका लागि ल्याइएको भन्ने खुलेको छैन। उनको साथबाट काठमाडौंको नयाँ बसपार्कस्थित राराज होटल बुकिङ भएको कागजात भने भेटिएको पाण्डेले जानकारी दिए।
दुबई, हङकङ, चीनबाट भित्रिएको सुन नेपाल हुँदै भारतीय बजारमा पुग्ने गरेको छ। यो सुन पनि भारतीय बजार लग्ने उद्देश्यले ल्याइएको हुनसक्ने अधिकारीहरूको अनुमान छ।