‘कृषि विकासमा प्राविधिकहरुको सक्रियता आवश्यक’

नेपालगन्ज : कृषिसंग सम्बन्धित प्रादेशिक कृषि प्राविधिक कार्यसमुह बैठक बाँकेको खजुरामा बसेको छ । कृषि अनुसन्धान निर्देशनालय खजुराको आयोजनामा लुम्बिनी प्रदेशका प्राविधिकहरुको सहभागितामा बैठक बसेको हो ।

कृषि क्षेत्रको विकासमा कृषि संग सम्बन्धित निकाय तथा प्राविधिकहरुको भुमिका ठुलो हुने भएकाले समन्वय र सहकार्यको खाचो रहेको औलाएका थिए । कृषि प्राविधिक कार्यशाला बैठकमा विभिन्न कार्यालयहरुले आफ्नो प्रस्तुती समेत राखेका छन । प्राविधिकहरुको अनुभव आदान प्रदान गर्ने मुख्य उदेश्यले आयोजित कार्यक्रममा कृषिमा भैरहेका अनुसन्धान, प्रविधिहरु, अनुसन्धानमुलक समस्याहरु, प्रसार, शिक्षामा कृषि, सरकारको भुमिका, आगामि कार्यदिशा, सरोकारवाला निकाय विच समन्वय लगाएतका विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा.समीद अहमदको सभापतित्वमा सम्पन्न कार्यसमुह बैठकमा नेपाल कृषि अनुसन्धान परिषद पशुपन्छि तथा मत्स्य अनुसन्धानका निर्देशक डा. दोजराज खनालले कृषि क्षेत्रको विकासमा प्राविधिकहरुको भुमिका महत्वपुर्ण हुने हुदाँ सबै प्राविधिकहरुले आफ्नो स्थानबाट सक्रियता पुर्वक कार्य गर्न सके छिटो प्रतिफल लिन सकिने उल्लेख गरे । प्राविधिकहरुले किसानलाई व्यवसायिक बनाउन आफै खट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय बालि प्रजनन् तथा आनुवंशिक अनुसन्धान परिषद काठमाडौका प्रमुख केशवबाबु कोइराला, कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक राम प्रसाद पाण्डे, राष्ट्रिय आलुबाली अनुसन्धान, राष्ट्रिय गहुँबाली अनुसन्धान, कोसेबाली अनुसन्धान कार्यक्रममा संयोजकहरु, कृषि तथा भुमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका वरिष्ठ कृषि विकास अधिकृत शिव प्रसाद अर्याल लगाएत कृषि तथा पशुपन्छि विकास संग सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको कृषि अनुसन्धान निर्देशनालयका प्राविधिक अधिकृत रविन गिरीले जानकारी दिए ।

प्रतिक्रिया