विवेक ओबराय पोखरामा : जिपलाइनको मज्जा लिए

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय शुक्रबार तालनगरी पोखरा पुगे, जहाँ उनले पर्यटकीय थलो घुमघामको आनन्द लिए । सपरिवार घुम्न निस्किएका उनले जिपलाइन र स्काइक्रिमरको मज्जा पनि लिए ।

जिपलाइन चढेपछि उनले सञ्चारकर्मीसँग अनुभव पनि सुनाए । पोखरा घुमघामको पहिलो दिन रमाइलो भएको उनले बताए । नेपाल आउने बित्तिकै पोखरा जाने इच्छा देखाएका ओबराय त्यहाँ पुग्दा निकै प्रफुल्लित देखिन्थे ।

पोखरामा उनले छोरा अर्जुनको जन्मदिनको केक काटे । पोखरा हुँदै ओबराय परिवार अन्नपूर्ण फेरोमा पर्ने प्रसिद्ध पुनहिलमा पदयात्राको लागि जाने कार्यक्रम छ । पोखरा फर्किएर भैरहवा हुँदै उनी लुम्बिनी दर्शनको लागि जानेछन् ।

प्रतिक्रिया