शिक्षा सुधारका लागि राजनीतिक दल एक्यवद्ध

नेपालगन्ज, पौष : बाँकेका राजनीतिक दलहरुले शिक्षा सुधारका लागि एक्यवद्धता जनाएका छन् । शिक्षाका लागि नागरिक सन्जाल बाँकेको आयोजनामा नेपालगन्जमा आयोजित एक अन्र्तक्रियामा सहभागि जिल्लाका प्रमुख राजनीतिक दलका नेताहरुले अहिलेको अवस्थामा शिक्षा सुधारको आवश्यक्ता रहेको बताउदै यसका लागि आफ्नो प्रतिवद्धता जनाएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादि, नेकपा एकिकृत समाजवादि लगायतका दलमा आवद्ध नेताहरुले विद्यालयमा राजनीतिको प्रभाव परेको स्विकार गरे । गुणस्तरिय शिक्षाका लागि शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा उनीहरुले जोड पनि दिए ।

विद्यालय व्यवस्थापन समितिमा हुने राजनीतिक किचलोका कारण कतिपय विद्यालयको अवस्था दयनिय रहेको सहभागि सरोकारवालाहरुले गुनासो गरेका थिए । सामुदायीक विद्यालयमा शिक्षकहरु राजनीतिक आस्थाका आधारमा नियुक्त गर्ने प्रवृति देखिएकाले कम शैक्षिक योग्यताका शिक्षकहरुले स्थान पाएको बताउदै सहभागिहरुले यसले पनि शिक्षाको गुणस्तर खस्किएको टिप्पणी गरे ।

नेपालगन्जका कतिपय विद्यालयमा विद्यार्थीहरु भरिभराउ छन् । तर ती विद्यालयले शिक्षक अभाव झेलिरहेका छन् । कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक धेरै छन् । यस्ता विद्यालय मर्ज गर्नेतर्फ स्थानीय सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण हुनुपर्नेमा सहभागिहरुको जोड थियो ।

बाँकेमा विद्यालयको भौतिक संरचनासंगै, विषय शिक्षकको व्यवस्थापन जरुरी देखिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकको सक्रियतासंगै स्थानीय सरकार, यहाँका राजनीतिक दल, समाजसेवि वुद्धिजिवि लगायतको सक्रियताले मात्र शिक्षाको स्तर सुधारको सम्भावना रहेको कार्यक्रमको निष्कर्ष थियो ।

यससंगै सिप विनाको प्रमाणपत्रले शैक्षिक बेरोजगारी बढेको, अभिभावक शिक्षा अभावमा बालबालिका विद्यालय नियमित नआउने समस्या देखिएको, अनुगमन न्युन देखिएको, शिक्षा नीति प्रभावकारी कार्यान्वयन नभएकोले यसका लागि पहल गर्नुपर्नेमा समेत जोड दिइएको छ । यसका लागि विद्यालयमा राजनीतिको प्रवेश रोक्न सके मात्रै पनि कतिपय विद्यालय सुधार हुन सक्ने सम्भावना रहेकाले यसका लागि भूमिका खेल्न राजनीतिक दलहरुलाई सरोकारवालाहरुले सुझाव दिए । सहभागि राजनीतिक दलहरुले आफूहरु यसतर्फ सचेत रहेको बताए ।

कार्यक्रममा शिक्षासेवि एव्म मानवअधिकारकर्मी कृष्ण मुरारी प्रसाद भट्टले ‘शिक्षाका लागि राजनीतिक दल र सरोकारवालाको भूमिका’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि प्राध्यापक किरणराज रेग्मीले टिप्पणी गरेका थिए ।
निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य आइपि खरेल, नेकपा एमालेका हिम वहादुर नेपाली, एकिकृत समाजवादिका लक्ष्मण गौतम, निशार अलि, प्रेम वहादुर थापा, गोविन्द घिमिरे, बेलु विक, रेसमसिंह ठकुरी, कल्पना विसी लगायतको कार्यक्रममा सहभागिता रहेको शिक्षाका लागि नागरिक सन्जाल बाँकेका अध्यक्ष तारा खनालले जानकारी दिए ।

प्रतिक्रिया