शुक्रबार सुनचाँदी दुवैको मूल्य घट्यो

शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया