मंसिरको अन्तिम दिनको राशिफल

आजको राशिफल :

मेष : आजको दिन साँझसम्म ग्रहगोचरलाई समान्य फलिफापप्रद नै मान्नुपर्छ । अल्लि बढी ईच्छा गरेको तथा जोड्गरेको काम भने पूरा नहुने हो कि भन्ने आशंका देखिएको छ । बोलीवचन तथा अन्य तयारीको मुल्याङ्कन नमिल्दा निराशा पनि भइनसक्ने छ । तथापि साँझपछि शारीरिक एवम् मानसिक स्फुर्ति बढ्ने छ । रपनि काम कार्यमा अल्लि बढी मेहनत बढाउनु नै पर्नेछ । जसबाट रोकिएर रहेका कार्यहरु अगाडि बढाउन सकिने छ । व्यवसायले पनि फट्को मार्ने र मानसिक शान्ति मिल्नेछ । बन्धुबान्धबबाट पनि सहयोग मिल्ने छ भने व्यवसायिक लाभ हुनेछ । विद्वान गुरुजनको अर्तिबुद्धि लिने र भगवान हनुमानको सेवाश्रद्धा गर्नुले सफलताको लागि मद्दत हुनेछ ।

वृष : आजको दिन व्यवसायिक कार्यको विकास हुने तथा आर्थिक लाभको संयोग जुट्ने छ । प्राकृतिक रमाइलोपनको वातावरणको संसर्ग मिल्नेछ । अनूकुलताको महसूस हुनाले उमंग एवं उत्साह बढ्नेछ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अवसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्न सक्ने छ । धनधातु एवं खजानाको कोष वृद्धि हुनेछ । परोपकार आदि समाजसेवा जन्य काममा पनि भूमिका निर्वाह गर्न पाइने छ । आज यहाँलाई दुई एवम् तीन अंक, सेतो र हरियो रङ्गको प्रयोग व्यवहार शुभ हुनेछ भने सूर्यनारायणको श्रद्धाभक्ति एवं दर्शन गर्नाले थप सफलता दिनेछ ।

मिथुन : आजको दिन संघर्षकर छ । आयभन्दा खर्चको मात्रा बढी हुने र समस्या थपिने तथा गर्न लागेको कामकार्यमा अबरोध सृजना हुनेक्रम रहनसक्ने छ । सानो काम पनि अल्लि ठूलै परिश्रमले मात्रै सम्पादन हुनसक्ला । कहीँकतैबाट हुने अवमूल्यन जस्तो व्यवहारको पनि सामना गर्न पर्नसक्छ । सुधार आउनेछ विचलित नभई स्वकर्म तथा कर्तव्यमा रहनाले साँझबाट परिस्थितिमा सुधार आई समस्याहरु सुल्झिन थाल्नेछन् । क्रमशः मानसिक शान्ति बढ्ने र चैन मिल्ने छ । कुनै कन्यालाई दान दिनु आज यहाँको लागि शुभकर हुनेछ ।

कर्कट : आजको दिन साँझसम्म लाभकर तथा ठिकै उपलब्धिमूलक रहने छ । विशेष कामलाई समय दिनु उपयुक्त हुनेछ । स्वजनबाट साथ सहयोग मिल्ने र व्यवसायमा स्तरोन्नति हुनेछ । प्रतिस्पर्धाजन्य काममा पनि विजयी भइनसक्ने छ । सामाजिक प्रतिष्ठा बढ्ने तथा प्रशंसा पाइने छ । साँझबाट भने क्रमशः केही संघर्ष पर्ने देखिएको छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । विचार पुर्याएर आफ्नो कार्यमा लगनशील रहनसकेमा भने डराइहाल्न पर्नेछैन । आज यहाँको लागि ३ अंक र पहेंलो रंग यहाँलाई शुभ हुनेछ भने अनाथको हितमा दान गर्नाले सम्भावित संघर्ष तथा खर्चको योगलाई निवारण गर्न मद्दत गर्नेछ ।

सिंह : आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका कामहरुलाई पूरा गर्न सकिने छ । प्रेम वा विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । महत्त्वपूर्ण कार्यमा आउनसक्ने बाधा निवारणको लागि भगवान सूर्यनारायणको भक्तिदर्शन गर्नु उपयुक्त हुनेछ । आज यहाँलाई दुई अंक, सेतो तथा रातो रङ्ग शुभ रहनेछ ।

कन्या : आजका दिन हुनलाई धर्मकर्म सम्पादन हुने र कर्मक्षेत्रको पनि उन्नति हुने खालको छ तर पनि अपेक्षित उपलब्धि प्राप्त गर्न ग्रहले अबरोध सृजना गरेको देखिन्छ । सामान्यतया दैनिक एवं व्यवहारिक कामकार्य चल्ने नै छन् । विद्वान एवं मान्यपक्षबाट अदृष्य रोकावट आउनसक्ने छ । मनोबललाई उच्च नै राख्नु उपयुक्त हुनेछ । प्रेमसम्बन्धले उचाइ लिनेछ भने विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान सिद्धिविनायकको श्रद्धाभक्ति एवं दर्शन गर्नु फलप्रद हुनेछ । गुरु जनको आर्शिवादले पनि विशेष भूमिका निर्वाह गर्नेछ ।

तुला : आजको दिन अपराह्नसम्म प्रतिकूल रहेपनि त्यसपछि सहज हुने ग्रहगोचर रहेको छ । शुरुमा मिथ्या लाञ्छना तथा अबरोध वा केही संघर्षजन्य स्थिति रहन सक्ने छ । क्रमशः बाधाकष्ट हट्न गई परिस्थितिमा सुधार आउनेछ । धार्मिक विचार र भाभुकता बढ्ने छ भने कामकार्य तथा व्यवहारमा राहतको महसूस हुनेछ । व्यवसायिक क्षेत्रबाट लाभ मिल्ने छ भने समाजसेवा तथा राजकाजबाट पनि स्याबासी मिल्ने देखिन्छ । आफन्तहरुबाट पनि साथसहयोग मिल्ने छ । गर्जो टार्न सकिने छ । आज यहाँले नौ अङ्क, पहेंलो रङ्कको प्रयोग र धार्मिक एवं विद्वानजनको आर्शिवाद ग्रहण गर्नु फापप्रद हुनेछ भने असाहय क्षेत्रलाई सहयोग गर्नु पूण्यप्रद हुनेछ ।

वृश्चिक : आजको दिन त्यति सहज सोँचिहाल्न पनि मिल्ने छैन र डराइहाल्न पनि पर्नेछैन । स्वास्थ्यमा समस्या हुनसक्ने र कार्यक्षेत्रमा झमेला आइलाग्नसक्ने सम्भावना भने रहेको छ । धैर्य एवम् सहनशिलतालाई नै प्रमुखता दिनु उचित हुनेछ । सदाचार एवम् लगनशीलताले संघर्षको बाबजुतपनि कार्यमा आंशिक लाभ गर्नसकिने छ । नचिताएको मान्छेबाट केही साथसहयोग भई राहत मिल्नेछ । बोलीचाली एवम् जनव्यवहारको क्षेत्रमा निस्काम सिद्धान्तले कुशलता निर्वाह गर्न अभ्यास गर्नु बुद्धिमानी हुनेछ । दीर्घरोगीहरुले स्वास्थ्यमा बढी ध्यान दिनु होला । प्रतिकूल ग्रहको कष्ट निवृतिको लागि इष्टदेवको भक्तिलाई बढाउनु उचित हुनेछ । सूर्यनारायणलाई अघ्र्य चढाउनु शुभप्रद हुनेछ ।

धनु : आजको दिन जोशिलो रहनेछ । थातिरहेको काम पूरा गर्ने मौका मिल्ने छ भने कार्य पूरा गर्न स्वजनबाट सहयोग पनि मिल्ने छ । प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । मध्यान्हबाट क्रमशः प्रमोदीचर्या बढ्ने तथा दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्नसक्ने छ ।

मकर : आजको दिन अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरुसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरुमा ज्ञानवृतिले मान्छेहरुलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तानक्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरुले तारिफ गर्ने छन् । साँझपछि आँटसाहस आरोग्यता बढ्ने छ । अल्लि बढी ईच्छाएको काममा केही अड्चन आउनसक्ने छ । खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिनसकिने छ । भगवान श्री गणेश र हनुमानवीरको स्तुति फलदायक हुनेछ ।

कुम्भ : आजको दिन साँझसम्मसम्म बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने जरुरी देखिन्छ । अत्यावश्यक विषयमा मात्रै जोड गर्नुहोला । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा सुधार आउने र विद्याबुद्धिमा प्रगति हुनेछ । आज निस्कने निस्कर्ष पनि उपयुक्त निस्कने देखिन्छ । विद्यार्थीवर्गको लागि थप फाइदाकर हुने दिन छ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने भगवान सूर्यनारायणको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

मीन : आजको दिन साँझसम्म गोचरग्रह अनुकूल छ । कर्मक्षेत्रमा राम्रै सफलता हातलाग्ने छ । शारीरिक जोश जाँगर एवं पौरख बढ्ने छ । काममा मनग्य रुचि पनि लाग्नेछ । मुख्य तथा अपरिहार्य कार्यलाई पूर्णता दिन सकिने छ । साँझबाट भने क्रमशः जनव्यवहारमा तपाईको भूमिकाको तालमेल नमिल्न पनि सक्नेछ तसर्थ सावधानी अप्नाउन जरुरी हुनेछ । केही संघर्षको अनुभूति हुनसक्ने भएकोले हतारमा भन्दा धैर्य र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ला । सम्भावित वादविवादबाट बच्नको लागि अत्यावश्यक सरोकार मात्रै राख्नु उचित हुनेछ । संघर्षबाट विचलित नभई स्वकर्ममा तल्लिन रहनाले अप्रत्यासित लाभ हुने पनि देखिन्छ । चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ हुनेछ भने आज तपाईको लागि सूर्य नमस्कारको साधना गर्नु फापसिद्ध हुनेछ ।

साइतः सूर्य वृश्चिक चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।

प्रतिक्रिया