नेपालगन्ज, फागुन : कोहलपुरको रेसिङ सहारा र कारकाँदो क्लबले बाँके जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन ।
नेपालगन्ज रंगशालामा रेसिङले मिलन युवा क्लबलाई १-० ले हरायो । रेसिङका लागि विशाल चौधरीले ६३औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा कारकाँदोले ओसोनिक क्लबलाई १-० ले हराएको छ । कारकाँदोका लागि शंकर बुढाले १० औं मिनेटमा गोल गरेका थिए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।
समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन ।
लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।