बाल सुधार गृह जग्गा दाताको शालिक अनावरण

नेपालगञ्ज, मंसीर २७ गते– डुडुवा– ६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गर्नु हुने जैकेश सिंहका पीता माताको शालिकको आज अनावरण गरिएको छ ।
सिंहले पीता स्व तप्त बहादुर सिंह र माता हेमरानी सिंहको स्वामित्वमा रहेको ४ विघाः दुई कठ्ठा जग्गा बालगृह निर्माणका लागि ०६७ मा सरकारलाई दान गर्नु भएको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आज एक समारोहबीच स्व सिंह दम्पतीको शालिकको अनावरण गर्नु भएको हो । सम्मान स्वरुप नेपाल सरकारले सुधार गृह परिसरमा दानवीर सिंह दम्पतीको अर्धकदको शालिक निर्माण गरेको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रेग्मीले सिंह परिवारको जग्गादानले बालगृह निर्माण गर्न अंह योगदान मिलेको भन्दै परिवारको र सरकारको परिकल्पना साकार हुँदै गएको बताउनु भयो । भवन, नामाकरण, शालिक निर्माण लगायत मन्त्रालयसँगका सहमती पुरा गरिएको भन्दै उहााले अब सुधार गृहको प्रभावकारी सञ्चालनमा ध्यान दिन आग्रह गर्नु भयो । मन्त्री रेग्मीले बालबालिकाको शिक्षा र शिप दक्षतालाईसँगसँगै बढाउने खालका कार्यक्रम ल्याइने पनि विश्वास दिलाउनु भयो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तगर्त विभाग महानिर्देशक कृष्ण प्रसाद पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा विभाग निर्देशक निरा अधिकारी, यूनीसेफ नेपालका निर्देशक केशव सुवाल, दानवीर जैकेश सिंह, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री लगायतले सुधार गृहको व्यवस्थापन र बालकहरुको भवस्यि निर्माण बारे बोल्नु भएको थियो । २ सय २९ जना बालक आश्रीत सुधार गृहको मन्त्री लगायतको टोलीले अवालोकन समेत गरेको थियो ।

प्रतिक्रिया