जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए ।
घटनास्थलमा नै रहेका थापाका अनुसार ३ जना घाइते छन् ।
जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले पनि पुष्टि गरे ।
श्रेष्ठका अनुसार प्रहरीको टोली घटनास्थलमा रहेको उद्धार कार्य भइरहेको छ । दुर्घटनामा परेको जीप दैलेखबाट बिहेका लागि जाजरकोट आएको पनि थापाले बताए ।