खजुरामा तरुण दलका नेता एमालेमा प्रवेश

नेपालगञ्ज, फागुन : नेपाली काँग्रेस सम्वद्ध नेपाल तरुण दल खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष विसी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले बाँकेले सञ्चालन गरिरहेको १५ दिने ५ स को विशेष अभियान अन्तर्गत विसी बुधबार आयोजित विस्तारित बैठकमा नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

वडा कमिटीका अध्यक्ष वलवहादुर कठायतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सदस्य एकमाया विक, जिल्ला कमिटीका सदस्य देवराम विसी, निर्मल खनाल, तिलकवीर सुनार लगायतले ५ स को अभियानबारे प्रष्ट पार्दै १५ दिने अभियान सफल पार्न आग्रह गर्नुभयो ।

अभियान अन्तर्गत टोल कमिटीको बैठक, सेल कमिटी गठन तथा जनवर्गिय संगठनको वडा भेला आयोजना गर्ने निर्णय भएको वडा कमिटीका उपसचिव लिलादेवी सुनारले जानकारी दिनुभयो । बैठकमा पुर्व जिल्ला कमिटीका सदस्य, पालिका कमिटीका सदस्य तथा टोल कमिटीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया