
नेपालगन्ज : बाँकेमा खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडले २५ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । जसमा मोटा ५ हजार क्इिन्टल खरिद गरिने छ भने २० हजार मध्यम धान खरिद गर्ने गरि परिपत्र आएको खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख राम सरण लामिछानेले जानकारी दिए ।
आर्थिक वर्ष २०७९÷८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ सरकार आफैले धानको न्युनतमा समर्थन मूल्य रुपैयाँ तोकेको, त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ तोकिएको छ । सरकारले तोकेको समर्थन मुल्य अनुसार नै धान खरिद गर्नेछौं कार्यालय प्रमुख लामिछानेले बताए ।
आइतबार अखिल नेपाल किसान संघ बाँकेका अध्यक्ष कृष्ण विक्रम केसी, नेपाल किसान संघका केन्द्रिय सदस्य धनमाया लुइटेल रिचाले सयुक्त रुपमा खाद्य ब्याबस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगि किसानको धान छिटो खरिद गर्न सरकारको ध्यानाकषर्ण गराउन ज्ञापनपत्र बुझाएका हुन । गत वर्ष संस्थानले २२÷२३ सय क्विन्टल मात्र धान खरिद गरेको थियो ।
अहिले खरिद गर्न लागेको धान पनि ५ प्रतिशत किसानलाई नसमेट्ने हुदाँ थप धान खरिद गर्न पर्नेमा किसानहरुको माग छ । लुम्बिनी प्रदेश सरकारका पुर्व कृषि मन्त्रि आरति पौडेलले किसानको गुनासो समाधान गर्न सरकार उदासिन बनेको बताइन । हाल खाद्य संस्थानमा रहेको ३ गोदाम मध्य एक गोदाममा पुरानो चामल रहेको छ । गोदाम खालि गर्ने काममा लागेको कार्यालय प्रमुख लामिछाने बताउँछन । धान खरिद गर्न भने केहि दिन लाग्ने कार्यालयले जनाएको छ ।
