किसानको धान विक्रि भएन, आन्दोलन गर्ने तयारि

नेपालगन्ज : किसानहरुले उत्पादन गरेको धान विक्रि गर्न पाएका छैनन् । गत वर्ष भन्दा उत्पादनमा ह्रास आएको बाँके जिल्लामा किसानहरुले मुल्य राम्रो नपाएपछि धान घरमै राख्न बाध्य छन ।

सरकारले तोकेको समर्थन मुल्य बराबर व्यापारीले खरिद नगर्ने र सरकारले पनि खरिद नगरेपछि कतिपय किसानहरु त सस्तो मुल्यमा धान विक्रि गरेको बताउछन । बाँके खजुरा गाउँपालिका ३ का किसान उपेन्द्रराज शर्माले भनेजस्तो मुल्य नपाउँदा विक्रि गर्न नसकिएको बताए । विचौलियाको हावि हुदाँ हामि किसानहरु मर्कामा परेका छौं शर्माले भने ।

घियाका खड्क बहादुर थारुले सधै २५,२६ क्विइन्टल हुने खेतमा ७,८ क्विइन्टल मात्र भएको बताउँदै त्यहि धानले पनि उचित मुल्य नपाउदाँ चिन्तित छन । धानको वीउ खरिद गर्दा महंगो र धान उत्पादन गरेपछि साह्रै सस्तो दिन पर्नेहुदाँ सधै मर्कामा पर्ने गरेको उल्लेख गरे । ‘किसानले उत्पालन गरेका धान विक्रि गर्न पनि अब आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको छ’ उनले भने । हामि त अब आन्दोल गर्न तयारी गर्दैछौं अर्का एक किसान कृष्ण विक्रम केसीले भने । धान विचौलियालाई दिनु भन्दा त्यसै राख्न ठिक जस्तो लाग्दैछ । हामि किसानले धान खेतिमा गरेको मेहेनत लगानी सबै खेर जाने भएपछि अबको विकल्प किसान नै आन्दोलनमा उत्रनु हो अगुवा किसान तथा अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष केसीले भने ।

लुम्बीनी प्रदेशका पुर्व कृषि मन्त्रि तथा किसानका नेता आरति पौडेलले किसानको अवस्था नाजुक रहेकोले सरकारले बेलैमा गम्भिर हुन आवश्यक रहेको बताइन । शनिबार किसानहरुको अवस्था बुझदै नेता पौडेलले धान विक्रिको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरिन ।

अखिल नेपाल किसान महासघंले तालाबन्दि गर्ने चेतावनी
अखिल नेपाल किसान महासघंको ध्यान किसानले समयमै उचित मुल्यमा धान विक्रि गर्न नपाएको प्रति केन्द्रित रहेको जनाएको छ । महासंघ बाँकेले आज एक प्रेस विज्ञप्ती जारी गरी कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९÷८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ सरकार आफैले धानको न्युनतमा समर्थन मूल्य रुपैयाँ तोकेको, त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ तोकिएको जनाउँदै यसको तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

महासंघले विज्ञप्तीमा सरकारी धान खरिद गर्ने खाद्य संस्थान विचौलियाको निर्देशनमा चलेको उल्लेख गरेको छ । आफैले तोकेको मुल्यमा अहिलेसम्म बाँके जिल्लामा एक क्विन्टलसम्म धान खरिद गरेको छैन् । नीजि क्षेत्रको दवावमा परेको आफै स्वीकार गरी कर्मचारीहरु केवल तलब खाने मेलोमेसोमा मात्रै सिमित छन् विज्ञप्तीमा लेखिएको छ । केन्द्रिय सदस्य धनमाया लुइँटेल र जिल्ला अध्यक्ष कृष्णविक्रम के सीले जारी गरेको विज्ञप्तीमा आजका दिनसम्म माग पुरा नभए खाद्य संस्थान लगायतका कार्यालयमा तालाबन्दी गर्ने भनि चेतावनी दिइएको छ ।

प्रतिक्रिया