विरामीलाई आर्थिक सहयोग गर्दै आदर्श युवाले मनायो साधारण सभा

नेपालगन्ज : आदर्श युवा बचत समुहले आफ्नो प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बाँकेको खजुरामा क्रियासिल युवाहरुको समुहले एक समारोहको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।

समुहका अध्यक्ष देव बहादुर कुंवरको अध्यक्षतामा सम्पन्न साधारण सभामा खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले खजुरामा आदर्श युवा समुहले सामाजिक कार्यमा महत्वपुर्ण कार्य गरेको बताए । साधारण सभाका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष रोकाक्षेत्रीले युवाहरुको प्रेरणाको स्रोत समुह बन्न सफल रहेको भन्दै यसको निरन्तरताको लागि सम्पुर्ण सदस्यहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मिलिजुली स्वाभलम्बन कृषक बहुउदेश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष खडक वलिले खजुरामा युवा अभियानलाई आदर्श युवा बचत समुहले सार्थकता दिएको बताए । सामाजिक कार्यमा क्रियासिल रहेको समुहले युवालाई सहि मार्गमा हिड्न प्रेरित गरेको उल्लेख गरे ।

नेपाल रेडक्रस सोसाइटि बागेश्वरी उपशाखा खजुराका सचिव अर्जुन थापाले समुहका गतिविधिलाई नियाल्दै आएको र समाजमा एक उदाहरणिय समुहका रुपमा चिनिने गरेकोले पनि गौरवको महसुस हुने गरेको बताए । साधारण सभामा समुहले रेडक्रसको बागेश्वरी शाखालाई, एक नम्बर बजारका लागि डष्टविन प्रदान समेत गरेको थियो । समुहले साधारण सभामै खजुरामा रहेका एक प्यारालाइसिस विरामि पुजा मल्ल वलिको उपचारमा सहयोग होस भनि १० हजार रुपैया सहयोग समेत हस्तान्तरण गरेको थियो । समुहले बार्षिक कार्य योजना पनि साभारण सभामा प्रस्तुत गरेको समुहका सचिव सुवास निरौलालले जानकारी दिए ।

साधारण सभामा समुहका सचिव निरौलाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष होम दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समुहमा हाल ३५ जना युवाहरु आवद्ध रहेका छन । रहेका महिनाको प्रथम शनिबार एक हजारका दरले समुहका सदस्यहरुले बचत समेत गर्दै आइरहेका छन ।

प्रतिक्रिया