प्रारम्भिक बालबिकास बारे अन्तरक्रिया सम्पन्न

संजय आचार्य
बर्दिया,मंसीर,२१ : प्रारम्भिक वालबिकास सम्बन्धि भएको एक दिने अन्तरक्रिया कार्यक्रममा प्रारम्भिक बालबिकास बारे मंगलवार जिल्लाका सकृय पत्रकारहरुलाई जानकारी गराइएको छ । थारु महिला उथान केन्द्र बर्दियाको आयोजना र प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग मा भएको उक्त कार्यक्रममा जिल्लाका सकृय पत्रकार हरुलाइ संस्थाले गरेको कामहरुको. बारेमा जानकारी गराइएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्लान इन्टरनेशनलका तर्फबाट परीयोजना र यसले गर्ने कार्यहरुको बारेमा बर्दिया जिल्लामा यसले कतीको प्रभाव पार्न सकेको बिषयमा छलफल भएको थियो । ३ बर्ष देखि थारु महिला उथान केन्द्रले प्लान इन्टरनेसनलको आर्थिक सहयोगमा बाल बालिकाको सपना परियोजना बर्दिया जिल्लामा संचालित रहेको जनाइएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिकाका र राजापुर नगरपालिकाको केही वडाहरुमाा उक्त परियोजना संचालित रहेको थारु महिला उथान केन्द्रकि कार्यकारी निर्देशक पृज्मा सिंह थारुले बताउनु भएको छ ।

बर्दियामा परियोजनाले बालबालिकाका साथै अभिभावकहरुमा सकारात्मक परिवर्तन ल्याएको छ । बच्चा आमाको गर्भमा रहदा आमाको मात्र जिम्मेवार बन्ने समाजमा यो परियोजनाले गर्भवती महिलाको स्याहार गर्ने देखि लिएर बच्चा जन्मदा सम्म पनि सबैको उतिकै जिम्मेवारी रह्ने ज्ञान दिएको कार्याक्रमका सहभागीले बताएका थिए । बालबालिकालाई सानो हुने बेलामा गर्ने ब्यवहार सङ्ग सङ्गै उनिहरुको भबिस्य माथी अभिभावक थप जिम्मेवार हुन पुगेको ठाकुरबाबा नगरपालिकाका स्थानीय परियोजनामा सहभागी खुश्बु चौधरीले अनुभव सुनाउनु भयो ।

प्लान ईन्टरनेशनलका किरन भण्डारीले प्रारम्भिक बालबिकासको अवधारणा बारे जानकारी गराउदै ।वहाले प्ररम्भिक बालबिकासका चरनहरु, बच्चाको जन्म देखि बालबिकासका सुचकहरु, मस्तिष्क बिकासका चरणहरु, बालबिकासका रास्ट्रए रणनीति लगाएत विशय समेटि कार्यक्रमको सहजीकरण गर्नु भयो ।

बालबालिकाको सर्वाङ्गिन बिकासका लागि बच्चाको चौतर्फी परिवेश सकारात्मक तथा उत्प्रेरणा जनक हुन अवशक रहेको भण्डारीले जोड दिनु भयो । दिगो विकासका १७ वटा चरन पूरा गर्न बालबालिकाको बिकासले महत्त्व पुर्ण भुमिका रह्ने भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया