नेपालगन्ज : नेपालगन्जमा आजदेखि पाठ्यक्रम निर्माण तथा परिमार्जन गोष्ठि सुरु भएको छ । पशु सेवा तालिम केन्द्र नेपालगन्जको आयोजनामा सुरु भएको दुई दिने तालिमको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा प्रवेज आलमले उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेशका पशुपन्छि तथा मत्स्य पालन किसानलाई दिइने तालिमको पाठ्यक्रम निर्माण तथा परिमार्जनका लागि उक्त गोष्ठि आयोजना गरिएको हो । तालिमलाई समय सापक्ष अनुसार सुधार गर्नु पर्ने आवश्यकता रहेको सहभागिले जोड दिएका छन । तालिम कार्यक्रमको उद्घाटन गर्दै निर्देशक प्रवेज आलमले परम्परागत तालिमलाई सुधार गरि नयाँ आधुनिक तबरले सिकाई पर्दान गर्न आवश्यक रहेको बताए ।
निर्देशक आलमले किसानसंगको तालिम उद्योगसंग जोडिनु आवश्यक रहेको उल्लेख गरे । पशुसेवा तालिम केन्द्र नेपालगन्जका प्रमुख प्रवेश सिंहले दिइएका रहेक तालिमको प्रभावकारीता आवश्यक रहेको बताए । तालिम केन्द्रका प्रमुख सिंहले तालिमले नै विज्ञ बनाउन मदत गर्ने भएकाले तालिमको महत्व रहेको जनाए । उनले अब दिइने तालिमलाई थप प्रभावकारी बनाउन नयाँ पाठ्यक्रम निर्माणको तयारी रहेको जनाए ।
गोष्ठिको पहिलो दिन पशु सेवा तालिम केन्द्र नेपालगन्जका वरिष्ठ तालिम अधिकृत प्रवेश सिंह कुंवरले मत्स्य पालन किसानलाई लक्षित गरि तयार पाठ्यक्रमबारे जानकारी दिएका छन् । उक्त पाठ्यक्रममा माछाको चिनारी र जातिय विशेषता, पोखरीको रेखांकन र डिजाईन, पोखरीको तयारी, पानीको गुणस्तर, एकिकृत मत्स्य पालन प्रविधि, वीमालगायतका बिषय विस्तृतरुपमा उल्लेख गरिएको छ । र, त्यसलाई तालिमको आयोजना गरेर लक्षित वर्गसम्म जानकारी दिइने छ । तालिम केन्द्रले किसानका लागि प्रदान गरिने तालिमहरुको पाठ्यक्रम निर्माण गर्ने गरेको छ ।
यस्ता पाठ्यक्रम प्रत्येक वर्ष निर्माण गरिन्छ । सहभागीहरुले पाठ्यक्रम परिमार्जन र तर्जुमाका लागि आवश्यक सुझाव दिएका छन् । केन्द्रले किसानलाई प्रदान गर्ने तालिम प्रभावकारी र उपयोगीपूर्ण होस् भन्ने हिसावले पाठ्यक्रम परिमार्जन गर्न सुझाएका थिए ।
गोष्ठिमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारी, पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख विनय कुमार कर्ण, कुखुरा विकास फार्मका फार्म प्रवन्धक डा.शकर न्यौपाने लगाएतले तालिमको आवश्यकता र प्रभावकारीताका विषयमा बोलेका थिए । कार्यक्रममा अनुसन्धानका प्रतिनिधि, अगुवा किसान, जनप्रतिनिधि, सरोकारवाला निकाय लगाएतको उपस्थिती रहेको छ ।