अपाङ्गता दिवसको अवसरमा खजुरामा खेलकुद कार्यक्रम

नेपालगन्ज : अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्र्तराष्ट्रिय दिवस बाँकेको खजुरामा समाबेशी खेलकुद कार्यक्रमको आयोजना गरि मनाइएको छ । खजुरा गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ स्थित आर्दश आधारभुत विद्यालय डि गाउँको प्रागणमा खेदकुद कार्यक्रमको आयोजना गरि मनाइएको हो । समावेसी विकासका लागि रुपान्तरित समाधान : पहुँचयुक्त समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान भन्ने मुल नारा सहित दिवस मनाइएको थियो ।

कार्यक्रमको उदघाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले अपागंता भएका बालबालिकाहरुको शिक्षाका लागि पालिकाको तर्फबाट आफुले सहयोग गर्ने बताए । बहिरा अपागंता भएका बालबालिकाहरुलाइ देख्दा आफु भावुक भएको भन्दै उनले अपागंता भएको बालबालिकाको भविश्य बनाउन खजुरा पालिका सदै तयार रहेको प्रतिवद्धता जनाए । आगामी योजना र काममा विद्यालय र सहयोगी संस्थासंग समन्वय र सहकार्य गरेर प्रभावकारी कार्यन्वयन गराउनमा जोड समेत दिए ।

कार्यक्रममा बोल्दै खजुरा गाँउपालिका वडा नं. ४ का अध्यक्ष टेक बहादुर रोकाले वडाको तर्फवाट आफुले आर्दश आधारभुत डि गाउँको विद्यालयका लागि तालिम झयाल ढोका लगाएतका विभिन्न शिर्षकमा बजेट छुट्याइएको जानकारी दिए । बजेट कार्यन्वयनका लागि विद्यालयलाई समन्वय गर्न समेत उनले भनेका छन् । आफनो वडाको विद्यालय पालीकाकै गौरव भएकाले सधै आफु सकारात्मक भएको उनको भनाइ छ ।

पालिका सामाजिक विकास संयोजक कृष्णा कुमारी पोखरेल, एच आइ प्रधान कार्यलय फ्रान्सका मरिन, एचआइका क्षेत्रीय अनुगमन र मुल्याकंन प्रबन्धक रिना शाक्य, एच आइ जिल्ला कार्यक्रम अधिकृत राजभक्त डंगोल, विद्यालयका प्रध्यानाध्यापक देउमति थापा लगाएतको शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बहिरा अपागंता भएका बालबालिकाहरुका लागी चम्चा खेल दौड, चित्रकला प्रतियोगिता, निवन्ध प्रतियोगिता र समावेशि खेल तर्फ सबै बालबालिकाहरुका लागि कुर्सी दौड खेल खेलाइएको थियो ।

प्रतिक्रिया