
नेपालगन्ज : कृषि तथा भेटेरिनरी सेवा घरदैलोमै पुगाउने उदेश्यका साथ बाँकेको कोहलपुर ८ बाबानगरमा किसान एग्रोभेट सप्लायर्सको सुभारम्भ गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि किसान एग्रोभेट सप्लायर्सको सुभारम्भ गरिएको हो ।
कृषिसंग सम्बन्धित व्यवसायिक योजना निर्माणमा सहयोग गर्न, निशुल्क प्राविधिक सेवा, कृषि मेसिनरी प्राविधिक तथा मर्मत सेवा, कृषि सम्बन्धि नि शुल्क तथा सः शुल्क तालिम तथा गोष्ठी सेवा, प्लास्टीक टनेल, सेमि हाईटेक निर्माण, वीउ विजन, प्राङगारिक मल विक्रि वितरण गर्ने, अनुदान प्रक्रिया तथा प्रस्ताव लेखन सेवा दिने र कृषि पशु विषय अध्ययन गरेका विद्यार्थिका लागि कार्यरत तालिम प्रदान गर्ने उदेश्य बोकेर किसान एग्रोभेट सप्लायर्सको स्थापना गरिएको संचालक टीकापुर न्यौपानेले जनाए ।
सुभारम्भ कार्यक्रममा कृषि ,ब्यबसाय प्रवर्द्दन तथा सहयोग तालिम केन्द्र प्रमुख अमरराज शर्मा धिमिरेको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बालि संरक्षण प्रयोगशालाका प्रमुख देबेश कुमार मिश्र, बीउ बिजन प्रयोगशाला खजुराका प्रमुख दिपक सापकोटा, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद, मल तथा माटो परिक्षण प्रयोगशाला खजुराका प्रमुख कोमल शाहि, सप्लायर्सका सल्लाहाकार दिनेश प्रसाद भट्टराई, एग्रोभेट ब्यबसायि, बिउ बिजन उत्पादक कम्पनि तथा सहकारीका प्रमुख तथा प्रतिनिधि, अगुवा कृषकहरु लगाएतको उपश्थिति रहेको थियो ।

