बर्दियामा देउसी भैलोको रकमले अंपागता भएकालाई सम्मान

बर्दिया : बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर १ का युवाहरुले आफुले खेलेको देउसी भैलोको रकमलाई सामाजिक काममा लगाएका छन् ।

न्यु प्रगतिशिल युवा क्लवमा आवद्ध युवाहरुले देउसी भैलो खेलेर जम्ममा भएको रकमलाई अंपागताको सम्मानमा खर्चिएका हुन । शनिबार एक कार्यक्रमको आयोजना गरि उनिहरुले अंपागता भएकालाई सम्मान सहित सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । न्यु प्रगतिशिल युवा क्लवका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिले देउसी भैलोको रकमलाई सदुपयोग गरिनुले सकारात्मक सन्देश दिएको बताएका थिए ।

न्यु प्रगतिशिल युवा क्लवले शनिबार शान्तिपुर गाउँमा आयोजना गरेको सम्मान तथा सास्कृतिक कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रेम बहादुर थापाले पछिल्ला दिनमा युवाले गाउँ छाड्दै गएको अवस्थामा गाउँमै रहेका युवाहरुले यसरी सिर्जनशिल रुपमा प्रस्तुत भएर काम गरेको भन्दै धन्यबाद ज्ञापन गरे । युवाले नै हो गाउँ ठाउँको बारेमा सोचेर विकास गर्ने बताउँदै वडाध्यक्ष थापाले देउसी भैलो खेलेर खोला नालामा बनभोज खानु भन्दा यसरी सामाजिक कार्य गरे सबैको नजरबाट सम्मानित व्यत्तिका रुपमा रहने उल्लेख गरे ।

युवा क्लवले ४१ जना अंपागता भएकाहरुलाई न्यानो कपडा र खादाले सम्मान गरेका हुन । अन्तराष्ट्रिय अंपागता दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानिय जगदम्बीका माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पदम बहादुर शाहि, अमरज्योती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णराज शर्मा, राजनितिक, सामाजिक, शिक्षक, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया