
संजय आचार्य, बर्दिया : बर्दियाको गुलरियामा बिहीवार ३५ औं बिश्व एडस दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । राधाकृष्ण चौक देखी नगरपरीक्रमा गरी गुलरिया नगरपालीकाको सभाहलमा कार्यक्रम सामापन गरीएको छ ।
३५ औं बिश्व एडस दिवसको अवसरमा बिगतमा एच आइ भि रोकथामका लागी आफुले गरेको कामको अनुभव सुनाउदै गुलरिया नगरपालीकाकी उप प्रमुख साबित्रा गौतमले यसको समाधान र न्यूनीकरणमा नगरपालीकाले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थय कार्यलयका प्रमुख गोकर्ण गिरीले जिल्लामा हाल सम्म कुल २ सय ५५ जना संक्रमीत रहेको बताउनु भएको छ । जस गत बर्ष ४१ जना थपीए संगैै संक्रमीतको संख्या २ सय ५५ पुगोको वहाले बताउनु भयो । एच आइ भी सम्बनिध काम गर्दैै आएका संस्था हरु संग समन्वय गर्दै स्थानीय तहको सहयोगमा काम गर्दै अएको गिरीले बताउनु भयो ।
कार्यक्रमामा बोल्दै बिगत भन्दा अहिले मानिसहरु आफैपनी टेष्ट गराउन आउन थालेका छन जस्ले गर्दा यसको संख्या बढेको देखीएपनी संक्रमित संख्या भने कम रहेको गुलरीया नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख सुनील पाण्डेले बताउनु भयो ।

गुलरीया नगरपालीकाले केही रकम भएपनी एच आइ भि संक्रमीत का लागी छुटाएको छ, ।सुत्केरी हरुमा समेत यस रोगको लक्ष्ण देखा परेको ले स्वास्थ्य शाखालाइ बजेट थपेर यसको रोकथामका लागी काम गर्ने गुलरीया नगरपालीकाका निमीत प्रशासकीय अधिकृत रुप सिंह खत्रीले बताउनु भयो ।
आफनो संस्थाले २०७८ पौष १७ गते देखी ०७८ माघ १७ गते सम्ममा करीब ८ हजार ४ सय ३७ जनामा एच आ भि परिक्षण गर्दा १२ जनामा संक्रमण देखीएको र करीब ७ हजार ८ सय ९ जना लाइ एच आइ भि सम्बनिध सचेतना गराइएको नागाअर्जुन डेवलोपमेन्ट कम्यूनिटी बर्दियाका प्रमुख सरोज राइले बताउनु भयो ।
कार्यक्रममा बिगत लामो समयदेखी एच आइ भी सम्बनिध काम गर्दै आएको नागाअर्जुन डेवलोपमेन्ट, ब्यूटी वल्र्ड, एफ.पी.एन,हेल्पीगं हेन्ड ,एन डिसी, चेन्ज टिम लगायत सरोकारवाला र बिभभिन्न संघ संस्था का साथै बिधार्थिहरुको सहभागीता रहेको थियो ।