खजुरामा गाई काण्ड : मासुको नमुना खजुरामै थन्कियो

नेपालगन्ज : गत शुक्रबार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ स्थित रनियापुरबाट गाई÷गोरुको मासु सहित प्रहरीले बरामत गर्यो । मरामत गरेको मासुको नमुना विधि विज्ञान प्रयोगशाला लैजानुपर्नेमा बुधबार सम्म उक्त नमुना खजुराको पशुसेवा शाखाको फ्रिजमा नै राखिएको पाइएको हो ।

इलका प्रहरी कार्यालय धनौलीले मासुको नमुना परिक्षण गर्न पठाउनुपर्नेमा हालसम्म नपठाएको पाइएको हो । खजुरा गाउँपालिकाको पशु सेवा शाखाको फ्रीजमा राखिएको मासुको नमुना कुहिन थालेको छ । इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरिक्षक प्रेम प्रसाद रेग्मीले पशु सेवा शाखाको डि फ्रीजमा मासुको नमुना राखेको जानकारी दिए । तर, उक्त मासुको नमुना डि फ्रीजमा नभई सामान्य चिसो भइरहने फ्रिजमा राखिएको पशुसेवा शाखा प्रमुख कर्ण प्रसाद खत्रिले जानकारी दिए । खत्रिले आफुहरुसंग नजम्ने खालको फ्रिज रहेको यसमा राख्दा कुहिने समस्या देखिने हुँदा पछि ल्यावमा पनि परिक्षण गर्न मुस्किल हुने जनाए ।

हाम्रो काम मासुको नमुना लिने मात्र हो त्यसको परिक्षण त केन्द्रिय ल्याव प्रयोगशालामा पठाउनु पर्छ, तर प्रहरीले किन यतिका दिन सम्म पठाएको छैन थाहा भएन– शाखा प्रमुख खत्रिले भने । इलाका प्रहरी कार्यालयले गाई÷गोरु काट्ने र विक्रि गर्नमा संलग्नलाई मुद्धा दर्ता गरिने बताउदै आएपनि पछिल्ला काम गराईले यो भन्ने कुरा न हो भनेको जस्तो देखिएको एक स्थानियले बताए । गत शुक्रबार खजुराको रनियापुरबाट बाट ६ सय ५० किलो गाईको मासु कोहलपुर लैजादै गर्दा बरामत गरिएको थियो । खजुराको रनियापुर र त्यस नजिकैका क्षेत्रहरुमा वर्षौदेखि गाई र गोरु काट्ने गरेको र उक्त मासु नेपालगन्ज र कोहलपुर लगाएतका क्षेत्रहरुका होटलहरुमा पुग्दै आइरहेको स्थानिय स्वयम बताउदै आएका छन ।

१३ वटा बोरामा शुक्रबार बोनलेस छाला रहित मासु बरामत गरि इलाका प्रहरीले आफ्नो कार्यालयको परिसरमा खाल्टो खनेर नष्ट गरिएको थियो । हालसम्म प्रहरीले अनुसन्धानका नाममा मासुको नमुना नै प्रयोगशालामा नपठाउनुले प्रहरीको अनुसन्धानमा पनि गम्भिर प्रश्न खडा गरिदिएको छ ।

प्रतिक्रिया