संजय आचार्य
बर्दिया,मंसीर,१३ । बिगत लामो समयदेखी एच आइ भी सम्बनिध काम गर्दै आएको नागाअर्जुन डेवलोपमेन्ट कम्यूनिटी संस्थाले २०७७ चैत्र महिना देखी बर्दियाको सदरमुकाम गुलरीयामा शाखा कार्यालय स्थापनी गरी बर्दियाको ८ वटै पालीकामा अप्रावासी तथा उनीहरुको एच आइ भि रोकथामका लागी काम गर्दै आएको छ ।
मंगलवार बसेको समीक्षा बैठकमा संस्थाका कर्यालय प्रमुख सरोज राइले बर्दियामा कार्यालय स्थापना भएदेखी हाल सम्म १२ जना भारत बाट फर्केर अएका लाइ एच आइ भि देखीएको जस मध्ये एघार जनाको उपचार भै रहेको एक जना भारतमै रहेको बताएका छन ।
२०७८ पौष १७ गते देखी ०७८ माघ १७ गते सम्ममा करीब ८ हजार ४ सय ३७ जनामा एच आ भि परिक्षण गर्दा १२ जनामा संक्रमण देखीएको हो भने करीब ७ हजार ८ सय ९ जना लाइ एच आइ भि सम्बनिध सचेतना गराइएको राइले बताए । सेभ द चिल्डे्रन मार्फत ग्लोबल फण्डको आर्थिक सहयोगमा संचालीत कार्यक्रम अन्र्तगत एच आइ भि रोकथाम कार्यक्रमले केही भएपनी संक्रमीत ब्यक्तिलाइ सहयोग मिल्ने एक सहभागीले बताए ।
संस्थाकी ल्यब टेक्नीसीयन मधु चौधरीका अनुसार फिल्डमा आधिकारीक ब्यक्तिबाट संक्रमीत पत्ता लागी सकेपछी सम्बन्धित ब्यक्तिीलाइ उपचार तथा परामर्सका लागी बर्दिया अस्पतालमा पठाउने गरेको बताइन । समिक्षा बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, जन स्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरी, जन स्वास्थ्य निरीक्षक शिव कुमार चौधरी का साथै अन्य स्वास्थ्य संस्थामा कार्यारत पदाधिकारी सहित संघ संस्थाका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।