नेपालगन्ज : राष्ट्रिय अपाङ्ग महासंघ नेपालको महाअधिवेशन नेपालगन्जमा मंसीर १३ र १४ हुदैछ । देशभरका अपाङ्गता भएकाहरु नेपालगन्ज आइपुगेका छन । महाअधिबेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । अहिले नयाँ नेतृत्वका लागि दौडधुप पनि सुरु भैसकेका छन । बाँकेका देविदत्त आचार्य पनि केन्द्रिय अध्यक्ष पदका मुख्य दावेदारका रुपमा प्रस्तुत भएका छन । अपाङ्गताको हक हितका सवालमा काम गर्दै आएका आचार्यले आफ्नो प्रतिवद्धता पनि सार्वजनिक गरिसकेका छन ।
यि हुन् अध्यक्षपदका प्रत्यासी आचार्यको प्रतिवद्धताहरु
१. अपाङ्गता भएका ब्यक्तिको विकास र सशक्तीकरण संबन्धि १० वर्षे नीति तथा कार्ययोजना २०७९–२०८८ पारित गरि कार्यान्वयन गराउने,
२. अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन (२०७४) को नियमावलीमा समय सापेक्ष सुधार गराइ मन्त्री परिषदबाट जारी गर्न पहल गरि यसको कार्यान्वयनको लागि वकालत गर्ने,
३. निलो परिचय पत्र प्राप्त अपाङ्गता भएका ब्यक्तिहरुले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ताको सुनिश्चितताको लागि सामाजिक सुरक्षा ऐन संशोधन गर्न पहल गर्ने,
४. नेपालको संविधान, २०७२ अपाङ्गता भएका ब्यक्तिको पहुँचयुक्त भौतिक संरचना एव संञ्चार सेवा निर्देशिका, २०६८ अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन र सिआरपिडिको भावना अनुरुप समय सापेक्ष संशोधन गराउन पहल गर्ने,
५. पुर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको लागि ब्यक्तिगत सहयोगी सेवा निर्देशिका मन्त्री परिषदबाट जारी गराइ लागू गराउन पहल गर्ने,
६. अपाङ्गता भएका ब्यक्तिहरुको लागि रोजगारीमा भएको ५ प्रतिशत आरक्षणको सुनिश्चिताका लागि वकालत गर्ने
७. सहयोगी निर्णयकारी प्रकृया (क्गउउयचतभम म्भअष्कष्यल ःबपष्लन), सहायक सामग्री, प्रविधि तथा उपकरण, सामुदायिक सेवाको संचालन, व्यवस्थापन, गुणस्तर नियन्त्रण, वितरण, मापदण्ड निर्धारण तथा अनुगमनका लागि निर्देशिका र संयन्त्र निर्माण गराइ कार्यान्वयन गराउन पहल गर्ने,
नीति तथा कार्यक्रम
१. रातो परिचय–पत्र प्राप्त अपाङ्गता भएका ब्यक्तिले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता बढाएर मासिक पाँच हजार र निलो परिचय–पत्र प्राप्त अपाङ्गता भएका ब्यक्तिहरुको लागि बढाएर तिन हजार कामय गराउने साथै अपाङ्गता परिचय पत्र प्राप्त सबै ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल गर्ने,
२. अपाङ्गता भएका ब्यक्तिको पहुँचयुक्त भौतिक संरचना एव सञ्चार सेवा निर्देशिकाको कार्यान्वयनको लागि क्षमता विकास, जनचेतना जस्ता कार्यक्रमको लागि आवश्यक वजेट विनियोजन गराउनको लागि पहल गर्ने,
३. नेपाल सरकारको तर्फबाट अपाङ्गता भएका ब्यक्तिहरुको जीवन स्थिति अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्न गराउन पहल गर्ने,
४. अपाङ्गता भएका ब्यक्तिहरुको आवगमनका लागि पहुँचयुक्त (हाइड्रोलिक वा लिफ्ट जडान गरिएको) सवारी साधन सम्बन्धी नीति बनाइ लागू गराउन पहल गर्ने,
५. भूमिहिन अपाङ्गता भएका ब्यक्तिहरुको लागि नेपाल सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन वकालत गर्ने,
६. घरवार विहिन अपाङ्गता भएका ब्यक्तिहरुको लागि जनता आवास कार्यक्रम अन्तरगत उपयुक्त अनुकुलता अनुसार अपाङ्गता आवास कार्यक्रमका लागि नेपाल सरकारसँग वकालत गर्ने,
७. अपाङ्गता भएका ब्यक्ति, विषेश गरि अपाङ्गता भएका महिलाहरुको विवाह प्रोत्साहन कार्यक्रमका लागि नेपाल सरकारसँग नियमित वकालत गर्ने,
८. सांकेतिक भाषाको विकास र दोभासेको सेवा सुविधा तथा मापदण्ड बनाइ नेपाल सरकारबाट दक्षताको प्रमाण दिने व्यवस्था मिलाउन पहल गर्ने,
९. पुर्ण अशक्त अपाङ्गता, बौद्धिक अपाङ्ता, अटिजम, श्रवणदृष्टिविहिन भएका ब्यक्तिहरुलाई सेवा र सुविधामा पहुँच बढाउनको लागि ६ सिटसम्मको र अपाङ्गता रोकथाम, उपचार र पुनर्स्थापनाको लागि १८ सिट सम्मको चार पाङ्ग्रे गाडि खरीदमा भन्सार छुटको लागि वकालत गर्ने,
१०. मेरुदण्ड पक्षघात, मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अटिजम, हेमोफिलिया, पुर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्गताका कारण सेवन गर्नु पर्ने औषधीहरु निःशुल्क उपलब्ध गराउन वकालत गर्ने,
११. बेवारिसे, जोखिमपूर्ण र अव्यवस्थित रुपमा सडकमा जीवन बिताईरहेका असाहाय अपाङ्गता भएका ब्यक्ति, बालबालिका र महिलाहरुको उध्दार, व्यवस्थापन र पुनर्स्थापनाका लागि वकालत गर्ने,
१२. सरकारी तथा निजी अस्पतालहरूमा अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार, स्पाईनल कर्ड इन्जुरी, मस्कुलर डिस्ट्रोफी, पोस्ट पोलियो लगायत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने चिकित्सा सामाग्री, भेन्टीलेटर, अक्सिजन, सांकेतिक भाषा दोभाषे सेवा आदि निःशुल्क उपलब्धताको लागि वकालत गर्ने,
१३. मेरूदण्ड पक्षघात भएका व्यक्तिहरूले सन्तान जन्माउन चाहेमा टेस्ट्युव प्रविधिबाट बच्चा जन्माउँदा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था गर्न र हेमोफेलिया भएका व्यक्तिहरूको फ्याक्टर निःशुल्क उपलब्ध गराउन वकालत गर्ने,
१४. अपाङ्गता भएका व्यक्तिका सहायक सामग्री जस्तै चार पाङ्ग्रे स्क्वीटर, ट्राइ साइकल, मेनुअल र विधुतिय ह्वीलचियर, बैशाखी, क्रचेस, वाकर, सेतोछडि, श्रवणयन्त्र लगायतका सामाग्रीहरू सर्वसुलभ उपलब्धता र स्वदेशमा उत्पादन गरी निःशुल्क वितरणका लागि वकालत गर्ने,
१५. अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम र पुर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको शिक्षामा पहुँच बढाउन समावेशी शिक्षा नीतिको भावना अनुरुपका कार्यक्रमहरु निर्माण गरि कार्यान्वयन गराउन वकालत गर्ने,
१६. अपाङ्गता भएका ब्यक्तिको खेलकुद र मनोरञ्जनको लागि नीति कार्यक्रममा सवालको सम्बोधन गराउन वकालत गर्ने,
१७. स्कुल उमेरका तर विद्यालय बाहिर रहेका अपाङ्गता भएका बालबालिकाहरुको विद्यालय भर्ना तथा गुणस्तरीय शिक्षाको लागि शैक्षिक विकास योजनाको कार्यान्वयनमा जोड दिने,
१८. अपाङ्गता मैत्री पर्यटनको प्रवर्द्धनको लागि नीति तथा कार्यक्रम निर्माण गर्नका लागि नेपाल सरकार र पर्यटन ब्यवसायीहरु वीच वकालत गर्ने,
१९. दिगो विकासका लक्ष्यमा तथा १५औं विकास योजनामा समेटिएका अपाङ्गताका सम्बन्धी सूचकहरुको पुरा गर्ने नीति कार्यक्रमका लागि निरन्तर वकालत गर्ने,
२०. अपाङ्गता भएका ब्यक्तिहरुले उत्पादन गरेका घरेलु सामग्रीहरुको दिगोपनाको लागि बजार ब्यवस्थापन कर छुट लागायका कार्यक्रम मार्फत प्रोत्साहन गर्न गराउन पहल गर्ने,
निर्णय तथा निर्देशन गराउने
१. सम्पुर्ण सार्वजनिक भौतिक संरचना अनिवार्य पहुँचयुक्त (अपाङ्गता मैत्री) बनाउन प्रधानमन्त्री कार्यालयबाट सम्बद्ध सबैमा निर्देशन गराउन पहल गर्ने,
२. अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी बनेका ऐन, नीति तथा नियमावलीहरुको कार्यान्यनका लागि प्रधानमन्त्री कार्यालयमा अधिकार सम्पन्न निर्देशन समिति गठन गराउन पहल गर्ने,
३. विकासको क्षेत्रमा नेपालमा काम गर्ने सम्पुर्ण दातृ निकाय तथा विकास साझेदार संस्थाहरुलाई कम्तिमा २ प्रतिशत वजेट अपाङ्गताको क्षेत्रमा लगानि गर्नु पर्ने ब्यवस्थाको नीतिगत निर्णय गराउन पहल गर्ने,
४. अपाङ्गता भएका ब्यक्तिका लागि राज्यद्वारा प्रदत्त सेवा सुविधा अपाङ्गता भएका ब्यक्तिहरुले सहज रुपम प्राप्त गर्न भएको नीतिगत ब्यवस्थाको कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयबाट निर्देशन गराउने साथै यस सम्बन्धमा अध्ययन अनुसन्धान गराउने,
५. अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी, सिआरपिडिको कार्यान्वयनका लागि धारा ३३ अनुसार कार्यान्वयन तथा अनुगमन संयन्त्र बनाइ प्रभावकारी परिचालन गराउन पहल गर्ने,
६. संयुक्त राष्ट्रसंघिय सिआरपिडि समितिले नेपाल सरकारलाई सिआरपिडि कार्यान्वयनको बारेमा दिएका सुझाव प्रभावकारी रुपमा कार्यान्वयन गराउन निरन्तर वकालत गर्ने,
७. नेपाल सकारका सम्पुर्ण प्रतिष्ठानहरुका वेवसाईटहरु पहुँचयुक्त ढाँचामा बनाउन र सार्वजनिक सूचनाहरु पहुँचयुक्त ढाँचामा प्रकाशन तथा प्रशारण गर्न निर्देशन गर्न पहल गर्ने,
८. दृष्टिविहिन बहिरा तथा सुस्त श्रवण अपाङ्गता भएका ब्यक्तिहरुको सूचना तथा संचार सेवामा पहुँच पुर्याउन व्रेललिपि, डेजी प्रविधि, सचित्र नेपाली ठुला छापा (भ्बकथ तय चभबम), तथा सांकेतिक भाषाको प्रयोगलाई स्थानीय तहसम्म पुर्याउन वकालत गर्ने गराउने,
९. म्याराकस ट्रिटिको अनुमोदनको लागि नेपाल सरकारको तर्फबाट निर्णय गराइ अनुमोदन गराउन निरन्तर पैरवी गर्ने,
संस्थागत विकास
१. राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यालयलाई साविकको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको सम्झौता अनुसार निःशुल्क दिएको भनिए पनि हाल ५० औ लाख भाडाको लागि ताकेता गरिरहेको हुँदा यो समस्याको दिर्घकालिन समाधान गर्न हालसम्मको भाडा मिनाहा गराइ आगामी ३ वर्षमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको उपत्यकाभित्र आफ्नै घडेरी खरिद गरिसक्ने,
२. राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सदस्य संस्थाको आवद्दता नवीकरण सम्बन्धी छुट्टै सफ्टवयर बनाइ सदस्य संस्थालाई नवीकरणको समय सकिएको, नवीकरण भएको, आवद्धता भएको इमेल र मोवाइलमा म्यासेज प्राप्त गर्ने संयन्त्र तथा प्रविधिको विकास गर्ने,
३. राष्ट्रिय अपाङ्ग महासंघ नेपालका मुख्य ४ वटा क्षेत्र वकालत, जनचेतना, क्षमता विकास र सञ्जालीकरणका सवालमा काम गर्ने र सेवा सम्बन्धी सम्पुर्ण काम सदस्य संस्था मार्फत गराउने,
४. सदस्य संस्थाहरुको क्षमता विकाससँगै अपाङ्गता भएका ब्यक्तिको वैयक्तिक विकास (अपाङ्गता भएका ब्यक्तिहरुदवारा सञ्चालित संस्थाहरुसँग) मा साझेदारी गराउने,
५. महासंघको सदस्य संस्थाहरु नभएका स्थानीय तहमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट अपाङ्गता भएका ब्यक्तिलाई फोकल पर्सनको रुपमा तयार गरी स्थानीय तहमा अपाङ्गता भएका ब्यक्तिको अधिकारको लागि नियमित वकालत गर्ने गराउने,
६. सबै प्रदेश कार्यालयहरुलाई साधन श्रोत सम्पन्न र संघीय ढाँचामा रुपान्तरणको नीति अवलम्बन गर्ने,
७. महासंघमा आवध्द भएका सदस्य संस्था, कर्मचारी, विषेश योगदान गर्ने ब्यक्तित्वहरु, स्वयसेवक, सहयोगीहरुले गरेको योगदानको पहिचान गरि प्रोत्साहन तथा पुरस्कृत गर्ने,
८. महासंघका सदस्य संस्थाहरुलाई साधन श्रोत सम्पन्न बनाउन नेपाल सरकारलाई सशर्त अनुदान, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले डिपिओहरुसँग अनिवार्य साझेदारी गर्ने गराउने,
९. अपाङ्गताभित्र महिला, बालबालिका, दलित, जनजाती–आदीवासी, मधेसी, मुस्लिम, कर्णाली र पिछडिएको क्षेत्र र वर्गको सशक्तिकरण विकास र पुनर्स्थापनामा जोड दिने,
१०. महासंघलाई चुस्त दुरुस्त, सुशासन, पारदर्शिता कायम गर्नको लागि भएका नीति नियमको प्रभावकारी कार्यान्वयन, समय सापेक्ष संशोधन तथा निर्माण गर्ने,
राजनैतिक प्रतिनिधित्व र समावेशीकरण
१. संघीय प्रदेश र स्थानीय तहमा अपाङ्गता भएका ब्यक्तिहरुको राजनैतिक सहभागिता एवं प्रतिनिधित्वका लागि सम्बद्ध मौजुदा ऐन नीतिहरु संशोधन गराउन पहल गर्ने,
२. संघ प्रदेश र स्थानीय तहमा अपाङ्गता भएका ब्यक्तिहरुको राजनैतिक प्रतिनिधित्वका लागि भएका नीतिगत ब्यवस्थाको कार्यान्वयनका लागि समन्वय सहकार्य र निर्देशन गराउन पहल गर्ने,
३. अपाङ्गता भएका ब्यक्तिको राजनैतिक अधिकार प्राप्तीको सुनिश्चितताको लागि कानूनी अवरोधहरु हटाउन वकालत गर्ने,
४. राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय र प्रदेश तहमा सबै प्रकारका अपाङ्गता भएका ब्यक्ति र लैंगिक तथा सामाजिक समावेशीताका आधारमा प्रतिनिधित्व हुने गरि वकालत समुह बनाइ वकालत गर्ने,
५. राष्ट्रिय समावेशी आयोग अन्य विषयगत आयोगहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि पहल गर्ने,
६. राष्ट्रिय जनगणना २०७८ मा प्राप्त अपाङ्गता भएका ब्यक्तिहरुको तथ्यांक खण्डिकृत रुपमा प्रस्तुत गराउनका लागी वकालत गर्ने,
अपाङ्गता भएका महिलाहरुको सशक्तिकरण :
१. अपाङ्गता भएका महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि स्पष्ट नीति तथा कार्यक्रमको ब्यवस्था गर्न गराउन वकालत गर्ने,
२. अपाङ्गता भएका महिलाको सशक्तिकरण र क्षमता विकासको लागि सरकारको नीति तथा कार्यक्रममा बिशिष्ठिकृत योजनाका लागि वकालत गर्ने,
३. महासंघका सबै गतिविधिहरुमा अपाङ्गता भएका महिलाहरुको कम्तिमा ५० प्रतिशत सहभागिताको सुनिश्चितता गर्ने,
४. अपाङ्गता भएका महिला बालिकाहरु माथी हुने हिंसा र दुर्व्यवहार अन्त्यको लागि बिषेश खालको कार्यक्रम संचालन गर्न पहल गर्ने,
रोजगार तथा स्वरोजगारः
१. राज्यकोषबाट सेवा सुविधा प्राप्त गरिरहेका तर अहिले सेवाबाट बञ्चितिकरणमा परेका करार र अस्थायी शिक्षकहरुको रोजगारीको सुनिश्चितताको लागि वकालत गर्ने,
२. अपाङ्गता भएका ब्यक्तिहरुले संचालन गरेका ब्यापार प्रतिष्ठानहरुको प्रोत्साहन, कर छुट, र बजार ब्यवस्थापनको लागि वकालत गर्ने,
३. अपाङ्गता भएका ब्यक्तिहरुको आवश्यकता पहिचान गरि जिवन उपयोगी तालिम, ब्यवसाय संचालन गर्न विनाधितो ऋण, विउ पूँजी र बजार ब्यवस्थापन आदीमा सहयोग गर्न गराउन पहल गर्ने,
४ उद्ध्योग, कल कारखाना, ब्यवसायिक प्रतिष्ठानहरु, वित्तिय संस्थाहरु होटेलहरु ब्यवसायिक स्थानहरु लगायतका निजी क्षेत्रद्वारा संचालित स्थानहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको रोजगारीको लागि पहल गर्ने,
समन्वय सहकार्य
१. नेपाल स्थित अपाङ्गता र मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको मौजुदा सम्बन्धलाई कायम राख्दै सम्बन्ध थप सुदृढिकरणका लागि आवश्यक कार्य गर्ने,
२. महासंघका साझेदार संस्थाहरुसँगको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने र नयाँ साझेदारको खोजि गरि सदस्य संस्थाहरुसँग सम्बन्ध विस्तार गर्ने,
३. अपाङ्गताको क्षेत्रमा विश्वमा काम गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासँगको सम्बन्धलाई सुमधुर बनाउँदै अन्य संघ संस्थाहरुसँगको सम्बन्ध बढाउदै जाने,
४. अपाङ्गता सम्बन्धी जनचेतना जगाउनको लागि सेलिब्रेटिहरुलाई दुतको रुपमा मनोनयन गरि निश्चित मुद्दाहरुमा जनचेतनामुलक अभियान संचालन गर्ने,
५. नेपाल सरकारका तिन वटै तहका सरकारहरुसँग अपाङ्गता र समावेशी विकासका लागि समन्वय र सहकार्य गर्ने ।