गाई काट्ने र मासु विक्रि गर्नेका विरुद्ध मुद्धा दर्ताको तयारी

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ स्थित रनियापुरबाट गाई÷गोरुको मासु काट्ने र विक्रि गर्नमा संलग्नलाई मुद्धा दर्ता गरिने भएको छ ।

इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरिक्षक प्रेम प्रसाद रेग्मीले शुक्रबार गाई÷गोरु काटेर मासु विक्रि गर्न लैजानेका विरुद्ध मुद्धा दर्ताको तयारी गरिएको जानकारी दिए । बरामत अटो रिक्साको आधारमा दोषि पत्ता लगाउने कार्य प्रहरीले गरिरहेको इन्चार्ज रेग्मीले जनाए । मासु लैजानेको पहिचान भैसकेको र उक्त व्यक्ति अहिले फरार रहेकाले खोजी कार्य तिव्र पारिएको रेग्मीले जानकारी दिए ।

गाई÷गोरु काट्न नहुने कानुनमा प्रावधान रहेकाले अनुसन्धान गरेर छिटै दोषिमाथि मुद्धा दर्ता गरिने धनौली प्रहरी इन्चार्ज रेग्मीले जनाए । हिजो शुक्रबार खजुराको रनियापुरबाट बाट ६ सय ५० किलो गाईको मासु कोहलपुर लैजादै गर्दा बरामत गरिएको थियो ।

खजुराको रनियापुर र त्यस नजिकैका क्षेत्रहरुमा वर्षौदेखि गाई र गोरु काट्ने गरेको र उक्त मासु नेपालगन्ज र कोहलपुर लगाएतका क्षेत्रहरुका होटलहरुमा पुग्दै आइरहेको स्थानिय स्वयम बताउदै आएका छन । १३ वटा बोरामा शुक्रबार बोनलेस छाला रहित मासु बरामत गरि इलाका प्रहरीले आफ्नो कार्यालयको परिसरमा खाल्टो खनेर नष्ट गरिएको थियो ।

प्रतिक्रिया